Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपालले केन्यालाई ४ विकेटले हरायो, शृंखलामा २-१ को अग्रता


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र १२ २०७९
  • 6K
    SHARES

काठमाडौं । नेपालले केन्यालाई तेस्रो टी-२० आईमा ४ विकेटले पराजित गरेको छ । यस जितपछि पाँच खेलको शृंखलामा नेपालले २-१ को अग्रता लिएको छ । यसअघि पहिलो खेल नेपालले ५ विकेटले जित्दा दोस्रो खेलमा नेपाल केन्यासँग १८ रनले पराजित भएको थियो । चौथो खेल सोमबार हुनेछ ।

केन्याले दिएको १५६ रनको लक्ष्य नेपालले १९.३ ओभर खेल्दै ६ विकेट गुमाएर पूरा गरेको हो । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रन बनाए । यस्तै टी-२० आईमा डेब्यु गरेका अर्जुन साउदले ३५, रोहित कुमार पौडेलले २९ र पवन सर्राफले २० रन जोडे । आदिल आलमले १६ रन बनाए ।

लक्ष्य पछ्याउने क्रममा नेपालले राम्रो सुरुवात गरेको थियो । डेब्युटान्ट अर्जुन साउद र पवन सराफले पहिलो विकेटका लागि ३५ रनको साझेदारी गरे । तर लगातार तेस्रो खेल खेलेका पवन सर्राफले ठूलो स्कोर बनाउन सकेनन । उनी १२ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गर्दै २० रन बनाएर आउट भए ।

नियमित ओपनर तथा विकेटकिपर आसिफ शेखको स्थानमा खेल्दै डेब्यु गरेका युवा विकेटकिपर ब्याटर अर्जुन साउदले दोस्रो विकेटका लागि ज्ञानेन्द्र मल्लसँग ४२ रनको साझेदारी गरे । अघि बढेर खेल्न खोज्दा उनी ११औ ओभरमा बोल्ड भए । अर्जुनले ३१ बल खेल्दै २ चौका र ३ छक्का मद्दतमा ३५ रन बनाए ।

चौथो नम्बरमा ब्याटिङ गरेका दीपेन्द्र सिंह ऐरीले ५ बलमा ६ रन मात्र जोडे । यसअघिका दुई खेलमा पाँचौ नम्बरमा ब्याटिङ गरेका दीपेन्द्र लामो समयपछि चौथो स्थानमा पर्किएपनि लामो समय क्रिजमा टिक्न सकेनन् । यसअघि चौथो नम्बरमा ब्याटिङ गरेका रोहितकुमार पौडेलले भने आज पाँचौ नम्बरमा ब्याटिङ गरे ।

ज्ञानेन्द्र र रोहितले चौथो विकेटका लागि ५४ रनको साझेदारी गर्दै नेपाललाई जित नजिक पुर्‍याएका थिए । रोहितले १८ बल खेल्दै ३ चौका र १ छक्का मद्दतमा २९ रन बनाए । अर्धशतकबाट चार रनले चुकेका ज्ञानेन्द्रले ४१ लब खेल्दै ४ चौका र १ छक्का मद्दतमा ४६ रन बनाए । आक्रमक ब्याटिङ गरेका आदिल आलमले ७ बल खेल्दै २ चौका र १ छक्का प्रहार गर्दै १६ रन बनाए । ठूलो सट हान्ने चक्करमा आदिल आउट भएका थिए । आरिफ शेखले अविजित ४ रन बनाए ।

केन्याका लागि युगेन ओचिएङ र भिराज पटेलले २-२ विकेट लिए । त्यसअघि राकेप पटेल र इर्फान करिमले अर्धशतक प्रहार गरेपछि नैरोबीस्थित जिमखान क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले २ विकेट गुमाएर १५६ रन बनाएको थियो । यो जोडीले तेस्रो विकेटका लागि अविजित १२७ रनको साझेदारी गरे । पटेलले ४३ बल खेल्दै ४ चौका र ४ छक्का मद्दतमा अविजित ७३ रन बनाए ।

यस्तै करिमबले ४७ बल खेल्दै ४ चौका र २ छक्का मद्दतमा ५५ रन जोडे । केन्याले अन्तिम पाँच ओभरमा ६९ रन जोडेको थियो । पावर प्ले मा नेपालले केन्याका दुवै ओपनरलाई आउट गरेपनि पटेल र करिमसुम नेपाली बलर कमजोर देखिए । कोलिन्स ओबुया १४ र सुकदिप सिंह ८ रन बनाएर आउट भए । नेपालका लागि सोमपाल कामी र बदिल आलमले एक-एक विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४