Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रत्यक्षमा ७० सिटभन्दा बढी जित्छौँ, बहुमतको सरकार चलाउँछौँ : बस्नेत


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र १२ २०७९
  • 4K
    SHARES

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले पार्टी निर्वाचनको तयारीमा होमिएको बताएका छन् ।  रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले यस्ताे बताएका हुन् ।

एमालेले आगामी निर्वाचनमा भावी प्रधानमन्त्रीको रूपमा अध्यक्ष ओलीलाई अघि सारेको स्पष्ट पारे । उनले यसअघि ओलीको नेतृत्वमा दुई तिहाई बहुमत नजिक मत पाएको र माधव, प्रचण्डले ओली सरकारविरुद्ध चलेखल गरेको आरोप लगाए । उनले भने, ‘उहाँले आफ्नो कार्यकाल पूरा गर्न पाउनुभएन, हामीले केपी ओलीलाई प्रधानमन्त्रीको रूपमा उभ्याउने निर्णय गरेका छौँ ।

अहिले हामी संगठन सुदृढीकरण गरिरहेका छौँ । एमाले अहिले पनि पहिलो दल हो । अबको निर्वाचनमा पनि पहिलो नै हुन्छ । स्थानीय तहको निर्वाचनमा ३४ प्रतिशत भोट ल्याएका छौँ । अब ४० प्रतिशत पपुलर मत ल्याउँछौं ।’

उनले एमाले अहिलेपनि कमजोर नरहेको स्पष्ट पारे । उनले भने, ‘यो बिचमा गठबन्धनले जनताको हितविपरित काम गरेको छ । भ्रष्टाचार गरेको छ। मल अभाव, पुस्तक अभाव भएको छ । यी ईस्युलाई हामीले सही ढङ्गले व्यवस्थापन गर्दा, १४ महिनाका उहाँहरूको अलोकप्रिय कामले हामीलाई फाइदा हुन्छ । ७० भन्दा बढी सिट बढी जित्छौँ ।

सरकार बनाउन बहुमत पुग्ने हाराहारीका साथ अघि बढेका छौँ । एमालेले गठबन्धन नगर्ने मोडालिटी बनाएको छ । तर, स्थानीय तहको आवश्यकताको आधारमा पनि जान सकिन्छ । निर्वाचनलाई जनताको हितमा उपयोग गर्छौँ । मुलुकको समृद्धि नै हाम्रो एजेण्डा हो ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४