काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् ।
शनिबार शीतल निवासमा भएको भेटमा लोसपाका नेताहरुले नागरिकता विधेयकबारे राष्ट्रपतिको ध्यानाकर्षण गराएका थिए । उनीहरुले भनेका थिए, ‘कुनै पनि बोनाफाइड नेपाली नागरिकलाई राज्यविहीनताको अवस्थामा राखिनु हुन्न ।
राष्ट्रपतिलाई भेट्न लोसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झालगायतका नेताहरु शितल निवास पुगेका थिए । प्रतिनिधिसभाले पारित गरेको नागरिकता विधेयकमा भएका विषयवस्तु, अध्यादेशका रुपमा राष्ट्रपतिले पनि जारी गरिसकेको भन्दै उनीहरुले धेरै चिन्ता गर्न नपर्ने बताएका थिए ।
जवाफमा राष्ट्रपति भण्डारीले नागरिकता कुनै ठाउँ/क्षेत्र विशेषको नभई राष्ट्रिय समस्या भएको र यसको स्थायी समाधान खोज्नुपर्नेमा जोड दिएकी छन् । ‘उहाँले सकारात्मक कुरा नै गर्नुभएको छ’, छलफलमा सहभागी लोसपाका नेता जितेन्द्र सोनल भन्छन् ।