Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रपति भण्डारीबाट वहालवाला तथा पूर्व उच्च सैनिक अधिकारीहरुसँग छलफल


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, भाद्र ९ २०७९
  • 2.8K
    SHARES

काठमाडौं । आफूले बूँदागत रुपमा असहमतिहरु राखेर संसदमा फिर्ता पठाएको नागरिकता विधेयकलाई प्रतिनिधि सभाले जस्ताको तस्तै पारित गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारी नयाँ खालको छलफलमा जुट्नु भएको छ ।

राष्ट्रिय सभामा विचाराधीन रहेको विधेयक पारित भई पुनः आफूकहाँ आएपछि के गर्ने भन्ने परामर्शमा राष्ट्रपति भण्डारी जुट्नु भएको हो ।

यसैक्रममा बुधबार राष्ट्रपति भण्डारीले प्रधानसेनापति प्रभुराम शर्मालगायतका उच्च सैन्य अधिकारीहरुसँग परामर्श गर्नुभएको छ ।

साँझ राष्ट्रपति भण्डारीले पूर्व प्रधान सेनापतिहरुसहित करीब ८० जना अवकाशप्राप्त उच्च सैनिक अधिककारीहरुसँग रात्री भोज गर्नुभएको हो । रात्री भा्ेजमा सहभागी पूर्व जर्नेलहरूसँग राष्ट्रपति भण्डारीले नागरिकता विधेयक, राष्ट्रिय हित र सुरक्षालगायतका विषयमा सुझाव लिनुभएको बुझिएको छ ।

राष्ट्रपति भण्डारीले संविधानविद् र कानुनविद्हरुसँग पनि निरन्तर परामर्श गरिरहनु भएको छ ।

गत मंगलबार नेपालस्थित पश्चिमा देशका कूटनीतिज्ञले राष्ट्रपति भण्डारीलाई सामूहिक रुपमा भेटेर बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी संशोधन विधेयकलगायतका विषयमा चासो राखेका थिए भने उनीहरुले विवादास्पद नागरिकता विधेयकको विषयमा पनि चासो राखेका थिए ।

राष्ट्रपतिका परामर्शका शिलशिलाले सत्तारूढ दलहरु भने सशंकित बनेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार नेकपा (एमाले) का अध्यक्ष केपी ओलीसँग राष्ट्रपति भण्डारीका सम्भावित कदमहरुबारे छलफल गर्नुभएको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४