Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नागरिकता विधेयकमा प्रचण्ड : एमालेको पाखण्डी प्रचारबाट जनता भ्रममा पर्दैनन्


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र ८ २०७९
  • 3.4K
    SHARES

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयकको एमालेले गलत उद्देश्यले भ्रमपूर्ण प्रचार गरेको बताएका छन् ।

चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरूसँग बुधबार बिहान कुरा गर्दै अध्यक्ष प्रचण्डले एमालेले प्रचार गरेजस्तो नागरिकता विधेयक राष्ट्रघाती नभएको जिकिर गरे ।

आमाबुवा दुवै नेपाली भएका नागरिकका सन्तानले नागरिकता पाउने कुरा मात्रै हो । उनीहरू सबै अवसरबाट बञ्चित भए । त्यो स्थितिको अन्त्य गर्ने कुरा हो’ उनले भने, ‘त्यसकारण यसलाई राष्ट्रघाती भन्नु पाखण्डबाहेक केही हुँदैन ।’

नागरिकता विधेयक संसदमा ल्याउँदा एमालेले राष्ट्रघाती भन्नु बेइमानी र अनैतिकताबाहेक अरु केही नभएको उनले बताए । ‘केपी ओली प्रधानमन्त्री हुँदा अध्यायदेशका रुपमा यही विधेयक लिइएको थियो । जसले यही विधेयक अध्यादेशका रुपमा लिएका थिए तिनिहरूले राष्ट्रघाती भन्दा बेइमानी र अनैतिकताबाहेक अरु केही हुनै सक्दैन,’ उनले भने ।

एमालेले चुनाव नजिकिएका बेला राष्ट्रवादको मुकुन्डो लगाएर भोट बटुल्नका लागि जनतालाई भ्रम पार्न यस्तो गलत प्रचार गरेको प्रचण्डको टिप्पणी छ । उनले भने, ‘नेपालका जनता बुद्धि नभएका छन् । भ्रम दिन सकिन्छ, राष्ट्रवादको मुकुन्डो लगाएर भोट बटुल्न सकिन्छ भन्न ठान्ने दुस्साहस जुन भएको छ, मलाई लाग्छ नेपाली जनता सचेत भएका छन् । यस्तो पाखण्डी प्रचारबाट कोही भ्रममा पर्दैनन् । ‘

प्रचण्डले यसअघि राज्य व्यवस्था समितिबाट सात वर्षे वैवाहिकत अंगीकृतको प्रावधान पारित भएको तर केपी ओलीले नै संसदमा लैजान नमाने दाबीसमेत गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४