Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेकपा एमालेको चुनावी अभियान : आफ्नै नेतृत्वमा बहुमतको सरकार


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र ७ २०७९
  • 2.5K
    SHARES

काठमाडौं । नेकपा एमालेले आफ्नै नेतृत्वमा बहुमतको सरकार बनाउने लक्ष्यसहित चुनावी अभियान सुरु गर्ने भएको छ । एमाले उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले एमालेको एकल बहुमतको सरकार बनाउने घोषणासहित पार्टीले चुनावी अभियान सञ्चालन गर्ने बताएका छन्  ।

मंगलबार बसेको स्थायी कमिटी बैठकको निर्णय जानकारी गराउन सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले एमालेको चुनावी अभियानको रणनीति लगायतका विषय समेटेर अध्यक्ष केपी शर्मा ओलीले भदौ १० र ११ गतेको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्ने बताएका हुन् ।

‘आजको दिनमा एमाले कुन ठाउँमा छ, सत्तारुढ गठबधन के गर्दैछ, अरु दल के गर्दैछन्, हामी कसरी जान सक्छौं’ उनले भने, ‘हाम्रो चाहना आगामी सरकार नेकपा एमालेको, त्यो बहुमतको हुने भन्ने छ । हाम्रो प्रतिवेदनको मुख्य विषय त्यही हुन्छ ।

मंगलबारको स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले भदौ १० गतेको केन्द्रीय कमिटी बैठकमा पेश गर्ने राजनीतिक प्रतिवेदनबारे संक्षिप्त जानकारी गराउँदै सुझाव लिएका छन् ।

प्रतिवेदनमा राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति, नेपालको शक्ति सन्तुलनको अवस्था, गठबन्धन सरकारका क्रियाकला, पार्टीको संगठनात्मक स्थिति र आगामी दिनमा गर्नुपर्ने कामबारे उल्लेख हुने उपमहासचिव गुरुङले बताए ।

बैठकमा नेताहरु घनश्याम भूसाल, कर्णबहादुर थापा, प्रभु साह, गोरख बोगटी, शेरधन राई, रघुजी पन्त, गुरु बराल, शेरबहादुर तामाङ, मणि थापा, खगराज अधिकारी, सुवासचन्द्र नेम्वाङ र हिक्मत कार्कीले राजनीतिक प्रतिवेदनमा समेट्नुपर्ने विषयबारे सुझाव दिएका थिए ।

नेता गुरुङले आफूहरु गठबन्धन गर्नै हुँदैन भनेर ढोका बन्द गरेर नबसेको बताए । ‘गठबन्धन गर्नै हुँदैन भनेर ढोका बन्द गरेर बसेको पार्टी एमाले होइन, एमालेसँग जो जो गठबन्धन गर्न चाहन्छ त्यो पार्टीलाई ढोका खुलै छ’ उनले भने ।

उपमहासचिव गुरुङले अघि भने, ‘गठबन्धन भएन भने एमाले चुनावमा जाँदैन, चुनाव हार्छ भन्ने मानसिकताका साथ जाँदैनौं, हामी एक्लैले चुनाव जित्न सक्छौं, चुनाव लड्नुपर्छ । सबै कुराको सामना गर्नुपर्छ ।’

बैठकमा गण्डकीबाहेक अरु ६ प्रदेशका इन्चार्जहरुले प्रदेशमा पार्टीको अवस्थाबारे रिपोर्टिङ गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४