Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

इम्बोस्ड नम्बर देवनागरी लिपिमा लेख्न मिल्छ ?


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र ६ २०७९
  • 2.5K
    SHARES

काठमाडौँ । नयाँ सवारी दर्तामा साउनबाट इम्बोस्ड नम्बर प्लेट अनिवार्य भनिएपछि सडकदेखि सदनसम्म यसको विरोध सुरु भयो । एकथरीले पूर्वाधारविनै अनिवार्य गर्नु सही नभएको बताएका थिए भने अर्कोथरीले लागु गरेर पनि बिस्तारै पूर्वाधार बनाउँदै जान सकिने तर्क गरे ।

संसदीय समितिले देवनागरी लिपिमै लेख्ने व्यवस्था गर्न निर्देशन दियो । र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पुरै प्लेट देवनागरी लिपिमा लेख्न सकिने वा नसकिने र त्यसका लागि केके गर्नुपर्छ भन्नेबारेमा कम्पनीलाई पत्र पठाएको थियो । सोही पत्रको जवाफमा निर्माण कम्पनी डेकाटुर-टाइगर आईटीले देवनागरी लिपिमा इम्बोस्ड नम्बर प्लेट लेख्न सकिने जनाएको हो ।

तर देवनागरी लिपिमा लेख्नका लागि ७७ करोड रुपियाँ थप खर्च लाग्ने कम्पनीको दाबी छ । पहिलो सम्झौता चार अर्ब ६७ करोड रुपियाँको थियो । यातायात व्यवस्था विभागका महानिर्देशक सुरेश राउतले भने, ‘देवनागरी लिपिमा लेख्न सम्भव रहेको पत्र आएको छ तर त्यसका लागि समय र लगानी थप गर्नुपर्ने माग गरिएको छ । पत्र यातायात मन्त्रालयमा पठाएका छौँ ।’

मन्त्रालयले कम्पनीलाई विस्तृत विवरणसहितको खर्च माग्ने भएको छ । विगतको सम्झौता र बाँडिएका नम्बर प्लेटलाई के गर्ने भन्ने कुरा पनि महत्त्वपूर्ण रहेको विभागले जनाएको छ । देवनागरी लिपिमा लेख्दा नम्बर प्लेटको पुनः डिजाइन गर्नुपर्ने हुन्छ । लगानी बढ्दा सेवाग्राहीलाई पनि महँगो पर्छ ।

सर्वोच्चद्वारा रिट खारेज
काठमाडौँ महानगरपालिका-३ स्थित जलढुंगामार्गका भरतकुमार बस्नेतले अङ्ग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट वितरण रोक लगाउन र देवनागरी लिपिमा नम्बर प्लेट लेखिनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट हालेका थिए । ०७४ माघ १० मा सर्वोच्चमा दायर रिट निवेदन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीश दीपकुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशमान सिंह राउतको संवैधानिक इजलासले ०७६ मङ्सिर २७ मा रिट खारेज गरिदिएको थियो । त्यसपछि पुनः इम्बोस्ड नम्बर प्लेट जडानका लागि बाटो खुलेको थियो ।

इम्बोस्ड नम्बर प्लेट डिजिटल प्रविधिबाट मुद्रण हुने भएकाले नेपालीमा ह्रस्व, दीर्घ, तर्कुले, बर्दने/आकार, इकार, उकार जस्ता अक्षरका कारण साइज सानो र ठूलो हुने यातायात व्यवस्था विभागले अदालतलाई पठाएको जवाफमा उल्लेख छ । नेपाल–भारत क्रस बोर्डर एग्रिमेन्टअनुसार नेपालका सवारीसाधन भारतमा समेत सञ्चालन हुने भएको हुँदा अङ्ग्रेजीमा लेख्दा सबैले बुझ्ने विभागको दाबी थियो । ‘अङ्ग्रेजी अक्षरको नम्बर प्लेट हुँदा नेपालमा आउने विदेशी पर्यटकलाई बुझ्न सरल र सहज हुन्छ,’ यातायात व्यवस्था कार्यालय एकान्तकुनाले सर्वोच्चलाई त्यसबेला पठाएको लिखित जवाफमा भनिएको थियो, ‘अन्य देशमा प्रचलनमा रहेका इम्बोस्ड नम्बर प्लेटमा लेखिएका अक्षरलाई समेत आधार मानेर नम्बर प्लेटको जडान थालिएको हो ।’

इम्बोस्ड नम्बर प्लेटको ठेक्का बंगलादेश र अमेरिकाको डेकाटुर-टाइगर आईटी कम्पनीले ०७३ जेठ १९ मा ज्वाइन्ट भेन्चरमा ठेक्का लिएका हुन् । ठेक्का सम्झौता भएको ६ वर्षमा जम्मा २५ हजार सवारीमा मात्र इम्बोस्ड नम्बर प्लेट जडान गरिएको छ । ०७८ असारमा ठेक्का सम्झौता सकिए पनि २८ महिनाका लागि म्याद थपिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४