काठमाडौँ । रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका–२ ठोसेमा अविरल बर्षासँग आएको बाढी पहिरोको कारण पाँच वटा घर बगाएको छ ।
आज साँझ ठोसे शिवालयको एकामफेदी बाहुनटोल स्थित रहेको नासिङ खोल्सामा माथिबाट पहिरोसँग आएको बाढीको कारण पाँच वटा घर बगाएको हो । अविरल बर्षाको कारण ठोसेमा पाँच वटा घर बगाएको शिवालयका एक स्थानीयले जन प्रहारलाई बताएका हुन् । उनका अनुसार घर बगाए पनि मानविय क्षति भने भएको छैन् ।
अविरल बर्षाको कारण ठोसे शिवालयमा पाँच वटा घर बगाएको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राजकुमार थिङले बताएका छन् । क्षतिको विवरण आउन बाँकी रहेको थिङले जन प्रहारलाई जानकारी दिए ।
रामेछाप जिल्ला गोकुलागंगा गाउँपालिका वडा नं २ ठोसे एकामफेदीको बाहुन टोलका सन्तोष रोक्काको भुकम्पपछि निर्माण भएको ईटाको गारो भएको २ तले घर बगाएको छ भने ज्ञान बहादुर रोक्काको भुकम्पपछि निर्माण भएको ईटाको गारो भएको २ तले घर, बगाई पूर्ण क्षति भएको जानकारी प्राप्त भएको छ ।
रमेश रोक्काको भुकम्पपछि निर्माण ईटाको गारो भएको २ तले घर बगाएको छ भने हरि बहादुर खत्री र धनलल्क्षमी गुरागाईको ढुङ्गा माटोले बनेको एकपाखे भान्सा घर भत्किएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार धनलक्ष्मीगुरागाईको ३ वटा बाख्रा समेत घर भत्किदा पुरेर मृत्यु भएको जानकारी प्राप्त भएको छ ।