Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लामो खडेरी र तापक्रम वृद्धिको चपेटामा चीन ‘कृत्रिम वर्षाबाट समाधान खोज्ने प्रयास’


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, भाद्र २ २०७९
  • 2.8K
    SHARES

काठमाडौं । लामो खडेरीसँगै अभूतपूर्व तापक्रम वृद्धि भएपछि चिनियाँ अधिकारीहरुले कृत्रिम वर्षा गराउने प्रयास गरेका छन् ।

देशको मध्ये तथा दक्षिणीपश्चिमी क्षेत्रमा चिनियाँ विमानहरुले आकाशमा बादल सिर्जना गर्ने सिल्भर आयोडाइड रडहरु विष्फोट गराएका छन् ।

चुरोटका खिल्ली जस्ता रडहरु आकाशमा देखिएका बादलभित्र विष्फोट गराएर त्यसबाट वर्षा गराउने प्रयास गरिएको हो । यद्यपी त्यसको परिणाम भने सन्तोषजनक नभएको चिनियाँ अधिकारीहरुले बताएका छन् ।

खडेरीले चीनको सबैभन्दा लामो याङ्चे नदीमा पानीको सतह अहिलेसम्मकै कम देखिएको छ भने ताल तलैयाहरुमा पानी आधा भन्दा कम भएको छ । जसका कारण खानेपानीका मूलहरु सुकेर हाहाकार हुने अवस्था आएको छ ।

नदीमा पानीको वहाव बढाउनका लागि केन्द्र र प्रान्तीय सरकारहरुले विभिन्न क्रियाकलापहरु गरिरहेका छन् । तर त्यसको असर खाशै देखिएको छैन ।

चिनियाँ जलस्रोत मन्त्रालयले याङ्चे नदीमा जल सतह घट्दा जनजीवनमा नराम्रो असर गरेको र त्यसबाट खाद्यान्न उत्पादनमा समेत असर गरेको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४