Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गठबन्धनमा बाँडफाँडको आधार तय गर्नै सकस


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र १ २०७९
  • 2.5K
    SHARES

काठमाडौँ । आगामी निर्वाचनका लागि सिट बाँडफाँडका लागि बनेको सत्तारुढ पाँच दलीय कार्यदलको बैठक बस्दैछ । गठबन्धनभित्र सिट बाँडफाँडको खाका तयार गर्न कार्यदलको बैठक आज बस्न लागेको हो ।

बैठक अपराह्न ४ बजे बालुवाटारमा बस्ने कार्यदलका सदस्य हिमलाल पुरीले जानकारी दिए । उनकाअनुसार बैठकमा सिट बाँडफाँटको प्रस्ताव पेस हुनेछ । ‘आजको बैठकमा मोडालिटी तयार गर्न जिम्मेवारी लिनु भएका कार्यदल संयोजक कृष्ण प्रसाद सिटौला जीले मोडालिटी पेश गर्नुहुन्छ । त्यसमै छलफल हुन्छ,’ पुरीले भने ।

  • बाँडफाँडको आधार तय गर्न सकस

कार्यदलबीच यसअघि मुख्यगरी तीनवटा कुरालाई आधार बनाएर सिट बाँडफाँट गर्ने मोटामोटी सहमति भएको थियो । गत स्थानीय तह निर्वाचनमा दलहरूलाई प्राप्त मत, २०७४ को संघ तथा प्रदेशसभा निर्वाचनमा जित हासिल गरेका सिट तथा दलीय संवेदनशीलताका आधारमा सिट बाँडफाँट गर्ने सहमति भएको थियो ।

तर, गठबन्धनका सबै दलले धेरै-धेरै सिटमा दाबी गर्दा यी आधारहरूमा असहमति बढेको छ । गत स्थानीय तह निर्वाचनमा कांग्रेस पहिलो दल बनेको थियो भने २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तेस्रो भएको थियो । तर २०७४ को निर्वाचनमा समानुपातिक तर्फ कांग्रेस केही मतले मात्र दोस्रो बनेको थियो । उसले आफ्नो उक्त मत र गत स्थानीय तह निर्वाचनको मतको आधारमा ६० प्रतिशत सिटमा दाबी गरेको छ । बाँकी ४० प्रतिशत सिट ४ दलबीच भागवण्डा गर्ने कुराले असहमति बढेको देखिन्छ ।

कार्यदलमा सहमति जुट्न नसकेपछि शीर्ष नेताहरूसँग परामर्श गरेर बाँडफाँडको प्रारम्भिक प्रस्ताव बनाउने जिम्मा संयोजक कृष्ण सिटौलालाई दिइएको छ । तर कसले कति सिट पाउने भन्ने संख्या मात्र होइन, आधार र मापदण्ड पनि टुंगिएको छैन ।

कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन कुमार थापा, नेता कृष्ण सिटौला र ज्ञानेन्द्रबहादुर कार्की, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, एकीकृत समाजवादीबाट बेदुराम भुसाल र प्रमेश हमाल छन् । त्यस्तै, जसपाबाट रामसहायप्रसाद यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४