Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सत्ता गठबन्धनले प्रधानमन्त्रीलाई भन्यो : फोहोर थुप्रिएको हेरेर बस्नु भएन, बालेनसँग कुरा गर्नुस्


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, साउन २९ २०७९
  • 2.1K
    SHARES

काठमाडौं । सत्तारुढ गठबन्धनले काठमाडौंको फोहोर व्यवस्थापनबारे चासो देखाएको छ । फोहोरकै कारण कुनै पनि बेला महामारी फैलिनसक्ने भन्दै गठबन्धनमा आवद्ध दलहरुले टुलुटुलु हेरेर नबस्न सरकारलाई आग्रह गरेको हो ।

आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठकले फोहोर व्यवस्थापनबारे काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसँग सम्वाद गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ । ‘महानगरले कुनै कदम चाल्दैछ भने त्यसमा सहयोग गर्नुस्, संघीय सरकारले कुनै हस्तक्षेप गर्न आवश्यक छ भने गर्नुपर्‍यो । यसरी हेरेर बस्नु भएन भन्ने छ’, गठबन्धनका एक नेताले भने ।

बैठकले महंगी नियन्त्रणका लागि बजार अनुगमन लगायतका संयन्त्र प्रभावकारी बनाउन पनि सरकारलाई आग्रह गरेको छ । साथै सिट बाँडफाँटका लागि बनेको कार्यदललाई छिटो काम सक्न समेत भनिएको एक नेताले बताए ।

४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गर्ने सहमति गरेका सत्तारुढ दलहरुले सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल बनाएका छन् । साउन अन्तिम साताभित्र प्रतिवेदन बुझाउन भनिएको थियो, तर कार्यदलले यसबीचमा जम्मा दुई वटा बैठक गरेको छ र, कुनै ठोस सहमति जुटाएको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४