Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बालेनको हातबाट फुत्केको लौरो कसको हातमा ?


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, साउन २७ २०७९
  • 6.9K
    SHARES

काठमाडौं । पार्टी नै दर्ता गरिसकेका रहेछन् भन्ने कुरो हामीलाई थाहा थिएन, स्थानीय चुनावमा हामीले मागेको हो, कुरो यतिमात्रै हो,’ बालेनका निकटस्थ सहयोगीले भने । स्थानीय चुनावमा काठमाडौं मेयरमा उठेका बालेन शाहले आफ्नो चिह्नका रूपमा लौरो लिएका थिए । सोहीपरी पोखरालगायत केही ठाउँमा पनि लौरो चिह्न राखी उम्मेदवारी दिनेहरू चर्चामा आएका थिए । धरानमा हर्क साम्पाङले पनि लौरो नै लिएर जितेका थिए ।

संघ र प्रदेश चुनावमा आइपुग्दा भने बालेन र हर्कहरूको, अनि पोखराका गणेश पौडेलहरूको हातबाट लौरो फुत्किएको छ । किनभने स्वतन्त्र अभियन्ता र साना दलहरुले मोर्चा बनाएर लौरो चुनाव चिह्नबाट आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन लड्ने भएका छन् ।

यो चिह्न अहिले हाम्रो नेपाली पार्टीले लिएको छ । निर्वाचन आयोगको तथ्यांकअनुसार यो दल २७ असार २०७९ मा दर्ता भएको छ । हाम्रो नेपाली पार्टीका अध्यक्ष अनन्तराज घिमिरे भन्छन्, स्थानीय चुनावपछि लौरो चुनाव चिन्ह सुरक्षित गर्नुपर्छ भनेर दल दर्ता गरिएको हो ।

हाम्रो नेपाली पार्टीसहित केही दल र स्वतन्त्र अभियन्ताहरुले आगामी चुनावमा साझा उम्मेदवारी दिने र लौरो चिह्न लिने घोषणा शुक्रबार गरेका छन् । उनीहरुमध्ये एक डा. सुदीप श्रेष्ठ भन्छन्, ‘लौरो स्वतन्त्र अभियानको सिम्बोल हो । यही चुनाव चिह्न लिने गरी वैकल्पिक राजनीतिक शक्ति र स्वतन्त्र अभियन्ताहरूको मोर्चा बनाउने सैद्धान्तिक सहमति भएको छ ।

उनका अनुसार अहिले मोर्चाको नाम ‘स्वतन्त्र तथा वैकल्पिक शक्ति’ प्रस्ताव गरिएको छ । यसमा जोडिन चाहने दल तथा अभियन्ताहरुसँग छलफल भइरहेको छ र आइतबारसम्म निर्वाचन आयोगमा मोर्चा दर्ता गर्ने तयारी छ ।

४ मंसिरको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता आह्वान गरेको छ । दुई वा दुईभन्दा बढी दलले मोर्चा बनाएर चुनाव लड्ने भए त्यस्तो मोर्चा दर्ता गर्नुपर्छ भने कुन दलको चुनाव चिन्ह लिने पनि खुलाउनुपर्छ ।

उसो त बालेनको घुमाउरो डाँठभन्दा हाम्रो नेपाली पार्टीको लौरो थोरै भिन्न किसिमको छ । अनि बालेनले स्वतन्त्र हैसियतमा लडेकाले गर्दा त्याे चिह्न उनीसँगै अक्षुण्ण रहन्छ भन्ने छैन । उनकाे पहिचान भने यही चिह्नका कारण चिनिन गयाे । उसैगरी सयाै‌ चुनावचिह्न मध्ये एउटा चिह्न उनकै पहिचानका कारण चर्चित हुन गयाे । अब निर्वाचन आयोगले नयाँ लौरोका अधिकारीहरु आइसकेको अवस्थामा बालेन टाइपको लौरोलाई मान्यता नदिने प्रष्टै छ । यस अर्थमा बालेनको हातबाट यसपालिलाई लौरो फुत्कियो ।

बालेननिकट सूत्रसँग जन प्रहारले बुझ्दा यसपालिको चुनावमा लौरो कहाँ छ भन्नेबारे बालेनलाई खासै थाहा छैन । उनी काठमाडौंकै फोहोर व्यवस्थापन लगायत झमेलामा फसेका छन् । ‘पार्टी नै दर्ता गरिसकेका रहेछन् भन्ने कुरो हामीलाई थाहा थिएन, स्थानीय चुनावमा हामीले आयाेगसँग मागेको हो, कुरो यतिमात्रै हो,’ बालेनका निकटस्थ सहयोगीले भने ।

तर नयाँ पार्टीका अगुवा स्वागत नेपाल भने बालेन, हर्क साम्पाङ, गणेश पौडेलसँग रहेका साथीहरू आफूसँगै रहेको दाबी गर्छन् । अनि लौरो चिह्न पाउनलाई अपनाउनुपर्ने सारा प्रक्रिया पूरा भइसकेकाले अब लौरो आफूसँगै रहेको बताउँछन् । ‘निर्वाचन आयोगमा आज गएर सारा प्रक्रिया पूरा गरिसकेका छौं, हामीले पाउन लागेको लौरो र अघिल्लो स्थानीय चुनावमा बालेनजी, हर्कजीहरु लडेको लौरो ठ्याक्कै एउटै हो,’ नेपालले भने, ‘हामीलाई बालेन र हर्कजीका साथीहरूको पनि साथ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४