Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हेलिकप्टर चार्टर्डको अधिकतम भाडा सवा ८ लाखसम्म, कहाँ पुग्न कति ?


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, साउन २३ २०७९
  • 2.8K
    SHARES

काठमाडौं । हेलिकप्टर चार्टर्डमा वायुसेवा कम्पनीले मनपरी भाडा लिन थालेसँगै हेलिकप्टरको चार्टर्ड भाडादर सार्वजनिक हुन थालेको छ ।

विगतमा पर्यटकीय गन्तब्यमा ‘फेक रेस्क्यू’ बढी हुने गरेको गुनासोपछि वायुसेवा सेवा सञ्चालक संघले चार्टर्ड भाडादर नै निर्धारण गरी सार्वजनिक गर्न थालेको संघका सचिव राजु न्यौपानेले जानकारी दिए ।

पछिल्लो समय १ जुन २०२२ बाट लागू हुने गरी हेलिकप्टरको नयाँ चार्टर्ड भाडादर निर्धारण भएको हो । संघका अनुसार काठमाडौंबाट धनगढी पुगेर पुनः काठमाडौं आउन ८ लाख २५ हजार रुपैयाँ भाडादर तोकिएको छ । यस्तो भाडा कम्पनीहरुले ल्याउने विभिन्न प्याकेजहरुको सन्दर्भमा भने लागु हुँदैन । किनकी त्यस्तो प्याकेजमा कम्पनीहरुले प्रतिव्यक्ति भाडा लिएर सेवा दिने गर्छन् । काठमाडौं–चन्द्रगढी–काठमाडौं पुग्न ५ लाख भाडा तोकिएको छ ।

पर्यटकीय गन्तब्यमा डलर फेयर

संघले पर्यटकीय गन्तब्यका लागि हुने चार्टर्डको उडानको डलर फेयर समेत निर्धारण गरी सार्वजनिक गरेको छ ।

संघका अनुसार काठमाडौं–लुक्ला–काठमाडौंका लागि २४ सय अमेरिकी डलर भाडा निर्धारण गरिएको छ । काठमाडौंबाट एभरेष्ट बेश क्याम्पसहित सगरमाथा क्षेत्रका लागि ३ यात्रुलाई ३४ सय डलर र ५ यात्रुलाई ३७ सय डलर तोकिएको छ । काठमाडौंबाट माउण्टेन फ्लाइटको भाडा समेत सोही अनुसार तोकिएको छ ।

लुक्लाबाट एभरेष्ट वेश क्याम्पका लागि १२ सय डलर (३ यात्रु) र ५ यात्रुलाई १५ सय डलर भाडा तोकिएको छ । लुक्लाबाट एभरेष्ट बेश क्याम्प प्रथमका लागि ४ हजार डलर र एभरेष्ट बेश क्याम्प दोस्रोका लागि ५ हजार डलर भाडा तय भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४