Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारतले अमलेखगञ्जमा २ वटा पेट्रोलियम भण्डारण ट्यांक बनाइदिने


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, साउन २३ २०७९
  • 2.7K
    SHARES

काठमाडौं । नेपाल-भारत पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको काम छिट्टै सुरु हुने भएको छ । शुक्रबार र शनिबार नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसन (आईओसी) का अधिकारीहरू बीच भारतमा भएको छलफलमा यस्तो समझादारी भएको नेपाल आयल निगमले जनाएको छ ।

परियोजनाअन्तरगत नेपालतर्फको पाइपलाइनको अन्तिम बिन्दू अमलेखगन्जमा ४१-४१ हजार लिटरका २ वटा भण्डारण ट्यांकी निर्माणको काम बाँकी छ ।

निगमका नयवकार्यकारी निर्देशक सुशील भट्टराई नेतृत्वको टोली र भारतीय अधिकारीबीच भएको छलफलमा भदौ अन्तिमदेखि परियोजनाको दोस्रो चरणका काम थाल्ने प्रतिबद्धता भारतीय अधिकारीहरुले जनाएको वार्तामा सहभागी निगमका वितरण विभाग प्रमुख वीरेन्द्र गोइतले बताए ।

मोतीहारी अमलेखन्ज पेट्रोलियम पाइपलाइन परियोजनको दोस्रो चरणको काम अन्तरगत ८२ हजार लिटर क्षमताका २ वटा भण्डार ट्यांकी र त्यसमा इन्धन लोड अनलोडको पूर्वाधार बजनाउन बाँकी छ । ४१ किलोलिटर क्षमताको एउटा ट्यांकी निर्माणका लागि भारतीय आयल कर्पोरेसन र दोस्रोको लागि नेपाल आयल निगमले लगानी गर्ने समझादारी छ ।

२ वटा पेट्रोल ट्यांकीमा २४ वटा लोड अनलोड-वे निर्माण पनि हुनेछ । ‘फेज २ को लागि काम सुरु गर्न भारतीय पक्ष तयार छ, एक डढ महनिामै काम सुरु हुनसक्छ’ गोइतले भने ‘सन् २०२४ को जनवरीसम्म आयोजना पुरा गर्ने लक्ष्यसाथ काम अघि बढाउन भारतीयहरु अघि बढिसकेको छन् ।’

दोस्रो चरणको आयोजनाको काम सम्पन्न भएपछि पाइपलाइनमार्फत नेपालमा पेट्रोल ल्याउने बाटो खुल्नेछ । भण्डारण ट्यांकी निर्माणका लागि आवश्यक प्लेट पाताहरु नेपाल ल्याउने काम आईओसीले सुरु गरिसकेको पनि उनले बताए ।

आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले भने निगम वित्तिय रुपले कमजोर भएकाले तत्काल नेपालले लगानी गर्ने अवस्था नरहेको बताए ।

‘भारतले काम थालेपछि नेपालले विस्तारै अघि बढ्ने कुरा स्वभाविक होला तर, तत्काल नेपालले योे आयोजनामा लगानी गर्ने अवस्था छैन,’ कार्यकारी निर्देशक थानीले भने । परियोजना निर्माणका लागि जमिन भने तयार अवस्थामा रहेको पनि उनले बताए ।

नेपाल र भारतको लगानीमा मोतीहारी अमलेखगन्ज ६९ किलोमिटर लामो पेट्रोलियम पाइपलाइन २०७६ भदौ २४ गतेबाट सञ्चालनमा आएको थियो । पाइपलाइन निर्माणका लागि भारतले ५ अर्ब ८८ करोड रुपैयाँ लगानी गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४