Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फिल्म ‘लाल सिंह चड्ढा’ रिलिजअघि नै तीन राज्यमा प्रतिबन्ध


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, साउन २३ २०७९
  • 5.3K
    SHARES

एजेन्सी ।भारतीय फिल्मका अभिनेता आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’ लाई रिलिजअघि नै तीन राज्यमा प्रतिबन्ध लगाइएको छ ।

पछिल्लो समय बलिउड फिल्मले बक्स अफिसमा राम्रो कमाई गर्न सकेको छैन । बलिउड फिल्मको रिलिज मिति, टिजर र ट्रेलर सार्वजनिक हुनासाथ विरोध सुरू हुने गरेको छ । हाल अक्षय कुमारको फिल्म ‘रक्षाबन्धन’ र आमिरको ‘लाल सिंह चड्ढा’ ट्रोलको निशानामा छन् । यी दुई फिल्मको सामाजिक सञ्जालमा निकै विरोध भइरहेको छ ।

बलिउड फिल्मका समालोचक कमल राशिद खानका अनुसार आमिरको फिल्म भारतका तीन राज्यमा प्रदर्शनमा प्रतिबन्ध लगाइएको छ । उनले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिएका हुन्।

यही अगस्ट ११ मा रिलिजको तयारीमा रहेको फिल्म ‘लाल सिंह चड्ढा’ लाई उत्तर प्रदेश, मध्य प्रदेश र हरियाणामा अनौपचारिक रूपमा प्रतिबन्ध लगाइएको छ । तर, नेपालले ‘लाल सिंह चड्ढा’ को प्रदर्शन अधिकार अहिलेसम्मकै मंहगो रकममा खरिद गरेको छ।

लाल सिंह चड्ढा हलिउड फिल्म ‘फरेस्ट गुम्पस’ को हिन्दी रिमेक हो। यो फिल्ममा सन् १९८४ मा भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको हत्या भएपछि भारतमा सिख समुदायको विरुद्ध लडेकाहरूको कथामा आधारित रहेको बताइएको छ।

फिल्म धर्मसँग सम्बन्धित भएकाले हल मालिकहरू फिल्म रिलिज गरेर कुनै जोखिम लिन चाहँदैनन् । धेरैले फिल्म हलिउड फिल्मको रिमेक भएकाले नहेर्न र बहिष्कार गर्न अनुरोध गरिरहेका छन् ।

अद्वेत चन्दनको निर्देशन रहेको फिल्ममा आमिर खान, करीना कपूर खान, नागा चैतन्यको मुख्य भूमिका रहेको छ । दक्षिण भारतीय अभिनेता चैतन्यले यस फिल्मबाट बलिउडमा डेब्यु गर्दैछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४