Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सहकर्मीको आँखामा नयाँ पार्टी बनाएका बाबुरामका ४ द्विविधा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, साउन २२ २०७९
  • 3.8K
    SHARES

काठमाडौं । जनता समाजवादी पार्टीका नेता डम्बर खतिवडाले आफ्ना सहकर्मी डा. बाबुराम भट्टराईको नयाँ पार्टीमा केवल पार्टी सदस्यको भूमिकामा रहने प्रतिक्रिया दिएका छन् ।

शनिबार सम्पन्न डा. भट्टराई र महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीको पुनर्गठित केन्द्रीय समितिमा खतिवडा समेटिएका छैनन् । डा. भट्टराईको आग्रहमा उनी पार्टी बैठकमा सहभागी भए पनि पार्टी केन्द्रीय समितिमा नबस्ने स्पष्ट पारेका हुन् ।

खतिवडा ८ वर्ष अगाडि गठित नयाँ शक्ति पार्टीमा आवद्ध भएर वैकल्पिक राजनीतिक शक्ति निर्माण अभियानमा सक्रिय भएका थिए । आइतबार बिहान सामाजिक सञ्जालमा एक सन्देश शेयर गर्दै उनले समाजवादी पार्टी गठनको निर्णयको नैतिक दायित्व उठाउन असमर्थ भएकोले पार्टी सदस्यमा सीमित हुने स्पष्ट पारेका छन् ।

‘आफूले करिब ८ वर्ष सहकार्य गरेकाे समूहले नेपाल समाजवादी पार्टी गठन गरिरहेकाे सन्दर्भमा आफ्नो राजनीतिक बुझाइ र अडान प्रष्ट पार्नु सायद मेराे अधिकार र कर्तव्य दुवै हाे’ खतिवडाले लेखेका छन्, ‘मेराे अनुभव र बुझाइमा याे समूह र विशेषतः यसका मुल नेता डा.बाबुराम भट्टराई अहिले चाैरास्ता, चार मनस्थितिमा हुनुहुन्छ । यसलाई एकप्रकारकाे महाद्विविधा (द ग्रेट डिलेमा) भन्न सकिन्छ।’

खतिवडाले भट्टराईको नेतृत्वमा गठित पार्टीको सम्भावित चार नियति उल्लेख गरेका छन् । ‘नयाँ पार्टीकासामु चार बाटाहरू छन् । पहिलो, नेकपा ( मसाल) नेता माेहनविक्रम सिंहकाे प्युठान र चित्रबहादुरकाे बागलुङमा जस्तै गाेर्खा र सर्लाहीमा सीमित प्रभाव भएकाे एउटा सानाे दलका रुपमा खुम्चिनु’ उनले लेखेका छन्, ‘दोस्रो, कथित समाजवादी केन्द्रकाे नाममा कुनै कम्युनिस्ट समूह वा कम्युनिस्ट समूहहरुकाे एकतामा सामेल भई विलयन हुनु ।’

डम्बर खतिवडा

खतिवडाको बुझाइमा भट्टराई आफैं मंसिरपछि राजनीतिक सन्यासमा गएर यो समूह तितरबितर हुनु तेस्रो विकल्प हुनेछ । त्यस्तै, भट्टराईसँग आफ्नो समूहलाई बृहद् अर्थमा वैकल्पिक राजनीतिको पुनर्गठनका लागि एक घटकका रूपमा योगदान गर्ने विकल्प पनि रहेको उनको तर्क छ ।

‘याे समूहले एक्लै अब वैकल्पिक राजनीतिकाे पुनर्गठन र नेतृत्व गर्न सक्दैन तर चाहेमा नयाँ र वृहद् परिप्रेक्ष्यमा याेगदान गर्ने घटक भने हुन सक्छ,’ उनले लेखेका छन् ।

खतिवडाले यी चारमध्ये कुन बाटाेमा जान्छ भन्ने प्रष्ट हुन मंसिर मसान्तसम्म पर्खनुपर्ने र त्यतिबेलासम्म यही पार्टी सदस्य भएर बस्ने बताएका छन् । ‘नेतृत्वमा किन बसिनँ भने अहिलेकाे माेडेलकाे पुनर्गठनमा मेराे सहमति थिएन र त्यसकाे नैतिक बाेझ उठाउने सामर्थ्य मसँग रहेन’ उनले लेखेका छन्, ‘नेतृत्वमा बस्दा अहिलेकाे माेडेलमा मेराे पनि समर्थन छ भन्ने बुझिन्थ्याे ।’

खतिवडाले चौथो विकल्पमा भट्टराई गएमा पनि उक्त अभियानको नेतृत्व गर्न तयार रहेको बताएका छन् । उनले यसबारे डा. भट्टराईसँग गरिएको संवादको अंश उद्धृत गर्दै भनेका छन्, ‘कदाचित मनमा चाैथाे बाटाे हिंड्न उचित हाे भन्ने भावना आयाे भने साँस्कृतिक क्रान्तिकाे असफलतापछि माओले श्रम शिविरमा बसेका देङ सियाओ पिङलाई सम्झेजस्ताे हामीलाई सम्झिनु हाेला ।’

आफूले यस्तो प्रस्ताव राख्दा डा. भट्टराई फाेनमै गज्जबले हाँसे पनि कुनै जवाफ नदिएको खतिवडाले लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४