Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चिया बेचेर पढ्ने ११ वर्षीया प्रीति भन्छिन्- ‘म कसैसँग निर्भर रहनुपरेकाे छैन


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, साउन २१ २०७९
  • 3.3K
    SHARES

काठमाडाैँ । प्रीति जेसवाल ११ वर्ष पुगिन् । उनी लगनखेलकाे सिलिमिन्याक आदर्श विद्यालयमा कक्षा ७ मा पढ्छिन् । उनी सानै छिन्, बच्चै छिन् । तर, जिम्मेवारीले भने उनलाई ठूली बनाइसक्याे । प्रीति आफ्नाे पढाइ खर्च आफैँ जुटाउँछिन् । उनी लगनखेल चाेकमा चिया बेचेर आफ्नाे पढाइ खर्चकाे तय गर्छिन् । उनले याे काम आफू ९ वर्षकाे हुँदादेखि शुरू गरेकी हुन् । चिया बेच्न शुरू गरेकै २ वर्ष बितिसक्याे ।

प्रीतिकीअनुसार उनकाे परिवार भारतबाट नेपाल आएकाे हाे रे ! बाबा-आमासँगै दाइ र दिदीसमेत गरी ५ जनाकाे परिवार भएकाे सुनाउँदै उनले भनिन्, ‘मैले आमालाई भनेर चिया बेच्न शुरू गरेकी हुँ । आमालाई चिया बेच्छु भनेँ, आमाले पनि हुन्छ भनेपछि बेच्न शुरू गरेकी हुँ ।’ प्रीति चिया आफैँ पकाउँदिनन् । उनी विद्यालयबाट साढे ४ मा फर्किन्छिन् र आमाले बनाएकाे चियाँ थर्मसमा बाेकेर लगनखेलतिर साेझिन्छिन् ।

प्रीतिकाे हरेक साँझ लगनखेलकाे व्यस्त चाेक र सडकमा बित्छ । त्यहाँ उनले कपकाे २५ रुपैयाँले चिया बेच्छिन् । साँझ ८ बजेसम्म चिया बेच्ने सुनाउने प्रीति खुसी साट्छिन्, ‘कहिले १ हजारसम्म कमाइ हुन्छ । कहिलेकाचाहिँ ४/५ सय त्यस्तै हुन्छ ।’

उनी कमाएकाे पूरै पैसा आफैँ राख्दिनन्, खर्च गर्दिनन् । उनलाई सञ्चिति गर्नुपर्छ भन्ने अहिले हाेइन, २ वर्ष पहिल्यै लागेकाे थियाे । उनी थप्छिन्, ‘कहिले बाबालाई दिन्छु, कहिलेचाहिँ आमालाई दिन्छु । पैसा आफू राख्दिनँ । चाहिएकाे बेलामा मलाई उहाँहरूले दिइहाल्नुहुन्छ । पैसा खर्च गरिहाल्नु हुँदैन ।

उनीसँगै चिया बेच्ने अन्य समकालीनहरू पनि छन् । तर, प्रीतिचाहिँ जिम्मेवारीबाेध देखिन्छिन् । साथीहरू जिस्किँदा र यताउता कुत्दा/दगुर्दा उनी ‘त्यसाे नगर्नू’ भनेर सुझाव दिन्छिन् । मानाैँ— उनी कुनै एक पाकाे र सचेत व्यक्ति हुन् । आफू साे स्थान (लगनखेल)मा सबैभन्दा पहिले आमासँग आएकाे र त्यसपछि आफूले ‘यही ठाउँमा चिया बेच्छु’भनेर भनेकाे स्मरण गर्छिन् प्रीति, भन्छिन्— ‘म पहिलोपटक यहाँ आमासँग आएकी थिएँ । अरुहरूले चिया बेचेको देखेर मैले पनि आमालाई म पनि चिया बेच्छु भनेँ । आमाले पनि हुन्छ भन्नुभयो । त्यसपछि मैले शुरू गरेकी हुँ ।

प्रीति कहिलेकाहीँ बिहानकाे समयमा पनि उही थर्मस बाेकेर उसैगरी लगनखेल पुग्छिन् । व्यापार हुँदा खुसी-खुसी फर्किन्छिन् त कहिलेकाहीँ चियासँगै निराशा बाेकेर काेठा पुग्छिन् । तर, जे हाेस् उनलाई गर्व छ । उनकाे ठाेकुवा छ, ‘म परिवारकाे कान्छी हुँ तर, मलाई काेहीसँग निर्भर रहनुपरेकाे छैन ।’

हुन पनि उनी साँच्चै कसैकाे भर परेकी छैनन् । उनी आफूले कमाएकाे पैसाले पढ्ने मात्रै हाेइन, आफूले खानेसमेत कमाउने गरेकाे सुनाउँछिन् । ‘म परिवारकै कान्छी हुँ । तर मलाई पढ्नका लागि कसैकाे भर पर्नुपरेकाे छैन,’ उनी भन्छिन् ।

ग्राहकले चिया पिएर ‘चिया मीठाे छ’ भन्दा मख्खै देखिन्छिन् प्रीति । हरियो थर्मस र काजकाे गिलाससँग उनकाे निकटता कम गहिराेचाहिँ छैन । उनीसँग आफूजस्तै विद्यार्थीदेखि वयाेवृद्धसम्म ग्राहकका रूपमा जाेडिन्छन् । उनीहरू सबैबाट उनले शुभेच्छा पाउँछिन् । उनी सम्झिन्छिन्, ‘सबै उमेर समूहका मानिसहरू चिया पिउन आउनुहुन्छ । उहाँहरू सबैले चिया मीठाे छ भन्नुहुन्छ । खुसी लाग्छ ।’

लगनखेलकाे कृष्ण मन्दिर वरपर चिया बिकाउने प्रीति ‘चियाप्रेमी’हरूलाई साक्षी राखेर आफ्नाे सुनाैलाे भविष्य खाेज्दैछिन् । जे हाेस् प्रीति आर्थिक विपन्नताका कारण पढ्न नसकिरहेकाहरूका लागि एक अचुक उपाय हुन्, विकल्प हुन् र समाधान हुन् । अब आर्थिक पृष्ठमूभि कमजाेर हुँदा पढाइमा सकस भइरहेकाे छ भने प्रीतिलाई सम्झिउन् । उसाे त चिया मानिसहरूका हरेक सिजनका राेजाइ मात्रै हाेइन, राेजीराेटी पनि त हाे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४