Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

टोकियो पुगे प्रचण्ड, यस्तो छ भ्रमण तालिका


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, साउन २१ २०७९
  • 4.4K
    SHARES

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान पुगेका छन् । उनी केही बेरअघि टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् ।

उनलाई जापानका लागि नवनियुक्त नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी विमानस्थलमै स्वागत गरेका थिए । पाँचदिने भ्रमणका लागि सचिवालय टोलीसहित प्रचण्ड राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको विमानबाट शुक्रबार राति जापान प्रस्थान गरेका थिए ।

नेपाली जनप्रगतिशील मञ्च जापानको निमन्त्रणामा जापान पुगेका उनीसँगै स्वकीय सचिव रमेश मल्ल, छोरी गंगा दाहाल, सूर्य किरण रहेका छन् । अध्यक्ष प्रचण्डले आज फुकुओकामा आयोजना हुने नेपाल फेस्टिभलको समुद्घाटन गर्नेछन् ।

अगस्ट ६ मा हिरोसिमा घटना भएको ७५ वर्ष पूरा हुन्छ । अगस्ट ७ आइतबार अध्यक्ष प्रचण्डले हिरोसिमा भ्रमण गर्ने भ्रमण तालिका रहेको उनका सचिवालयले जनाएको छ । त्यस्तै आइतबार नै नेपाली जनप्रगतिशील मञ्च जापानको आयोजनामा टोकियोमा हुने नेपाली समुदायहरुबीच ‘समृद्ध नेपालको आधार : आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयक खुला अन्तरक्रियामा प्रमुख अतिथिको रुपमा सहभागी बन्नेछन् ।

दाहाल जापानमा रहँदा जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टीका नेताहरूसँग पनि भेटवार्ताको कार्यक्रम छ । दाहाल साउन २५ गते स्वदेश फर्किने छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४