Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मुग्लिन-नारायणगढमा यात्रुको बिचल्ली, खाना-पानीको समस्या परे प्रहरीलाई खबर गर्न आग्रह


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, साउन १८ २०७९
  • 5.3K
    SHARES

काठमाडौँ । नारायणगढ-मुग्लिङ सडक खण्डमा फेरी पहिरो जाँदा सयौँ सवारी रोकिएका छन् । भरतपुर महानगरपालिका-२९ मौरीखोला पुलमा मंगलबार राति पुनः पहिरो खसेपछि पूर्व पश्चिमतर्फ लागेका सयौँ सवारी रोकिएका हुन् ।

बारम्बार पहिरो खसेर सडक अवरुद्ध हुँदा गाडी चालक, सहचालक र यात्रुको बिचल्ली भएको छ । सोमबार रातिदेखि बन्द भएको सडक गएराति साढे १० बजेतिर बल्ल खुलेको थियो । तर, खुलेको चार घण्टामा फेरि पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

पहिरो पन्छाउने काम जारी रहेकाले केही एक–दुई घण्टामै बाटो खुल्ने जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी एवं प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । उनले पानी र खानेकुरा नपाए तत्काल प्रहरीमा खबर गर्न आग्रहसमेत गरेका छन् ।

पहिरो खुलाउन समय लाग्ने भन्दै उनले कुनै समस्या परे तत्काल प्रहरीको १०० नम्बर वा ट्राफिक पहरीको १०३ अथवा जिल्ला प्रहरी कार्यालय चितवनमा खबर गर्न आग्रह गरे । प्रहरीले सवारी चालकहरुलाई पनि होटल र वस्ती भएका स्थानमा मात्र गाडी रोक्न र बाटो खुलेपछि मात्रै आलोपालो गन्तव्यमा जान आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४