Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

२०औं आहारारा गोल्डकपमा आयोजकलाई १२ लाख घाटा


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, साउन १४ २०७९
  • 2.9K
    SHARES

पोखरा । सहारा क्लबले गत माघमा आयोजना गरेको २०औं संस्करणको आहारारा गोल्डकपमा घाटा व्यहोरेको जनाएको छ ।

शनिबार आयोजक क्लबले आयव्यय सार्वजनिक गरी साढे १२ लाख रुपैयाँ घाटा भएको जानकारी दिएको हो ।

प्रतियोगिताका अर्थ संकलन उपसमितिका संयोजक सुनील गुरुङले एकै पटक ठूलो मात्रामा आर्थिक नोक्सान भए पनि पछि देश तथा विदेशमा रहेका विभिन्न संघसंस्थाले सहयोग गर्दा नोक्सानको केही परिपूर्ति भएको जानकारी दिए ।

उनका अनुसार ती संघसंस्थाको आर्थिक सहयोगपछि अहिले क्लबले कुल तीन लाख रुपैयाँमात्रै नोक्सान व्यहोरेको छ ।

प्रतियोगिता माघ ६ गतेदेखि १५ गतेसम्म भएको प्रतियोगिताको उपाधि विभागीय क्लब एपीएफले जितेको थियो । १० क्लब सहभागी रहेको प्रतियोगितामा मनाङमस्र्याङ्दी क्लब उपविजेता भएको थियो । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गरेका थिए ।

दोस्रो चरणको कोरोना महामारीमा भएको प्रतियोगितामा सेमिफाइनलसम्म दर्शकबिनै सञ्चालन गरिएको थियो । प्रतियोगिताका लागि कुल ६६ लाख ४१ हजार एक सय ८१ रुपैयाँ ६३ पैसा आम्दानी भएकोमा ६९ लाख ८९ हजार रुपैयाँ २५ पैसा खर्च भएको जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४