Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

युक्रेनकाे कारागारमा घाइते भएकाको उद्धार गर्न आईसीआरसीको प्रस्ताव


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, साउन १४ २०७९
  • 2.6K
    SHARES

काठमाडौं । रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) ले युक्रेनी युद्धबन्दीलाई राखिएको स्थानमा भएको आक्रमणमा परी घाइते भएकाहरूको उद्धार गर्न प्रस्ताव गरेको छ ।

पछिल्लाे महिनामा रुसले युक्रेनमा आक्रमण गरिरहँदा भएका आक्रमणमा कयौं कैदीबन्दीको मृत्यु भएको छ । बिहिबार रुस समर्थित पृथकतावादीहरूको कब्जामा रहेको डोनट्रस्क प्रान्तको एक भागमा फ्रन्टलाइन शहर ओलेनिभकाको जेलमा भएको आक्रमणमा ४० कैदीबन्दीको मृत्यु भएको थियो भने ७५ जना घाइते भएका थिए ।

रुसले युक्रेनका अन्य कारागारमा समेत बम आक्रमण गर्दा कैदीबन्दीहरू सुरक्षित नभएको भन्दै आईसीआरसीले घाइतेहरूको उद्दार गर्न प्रस्ताव गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । मस्को र किभले एक अर्कालाई दोषी देखाउँदै लगातार मिसाइल आक्रमण गर्दा कैदीबन्दी रहेको भवन क्षतिग्रस्त भएको छ ।

सोही आक्रमणमा परेर दर्जनौं युक्रेनी कैदीबन्दीकाे मृत्यु भएको समाचारमा जनाइएको छ । आईसीआरसीले घाइतेहरूलाई बाहिर निकाल्न र चिकित्सा आपूर्ति, सुरक्षा उपकरण र फोरेन्सिक सामाग्री सहयोग गर्ने प्रस्ताव पनि गरेको छ । घाइतेहरूको उचित उपचार आफ्नो प्राथमिकता भएको भन्दै आईसीआरसीले अन्य मानवीय सहायताका लागि विभिन्न दातृ निकायहरूसँग पनि आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४