Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मौद्रिक नीतिले सेयर लगानीकर्ताको मनोबल बढाएको हो ?


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, साउन १० २०७९
  • 3.4K
    SHARES

काठमाडौं । मौद्रिक नीतिपछिको दुई कारोबार दिनमा नै नेप्सेमा ११५.५ अंकको वृद्धि हुँदा डेढ महिना पछि २१०० को बिन्दुमा फर्किएको छ । २४ जेठ २०७९ मा २१ सयको बिन्दुबाट झरेको नेप्से ९ असारमा १८४८.२८ अंकसम्म झरेको थियो ।

त्यसपछि सेयर बजारमा लगानीकर्ताको खासै उत्साह थिएन । नीति अगाडिसम्म बजार घटबढ देखिए पनि त्यसले लगानीकर्तालाई आकर्षण गर्न सकेको थिएन । मौद्रिक नीति पछिको दुई कारोबार दिनमा नै लगातार नेप्सेमा उच्च अंकको वृद्धि भएको छ । गत, शुक्रबार मौद्रिक नीति सार्वजनिक हुनु अगाडि नेप्से दोहोरो अंकको गिरावट सहित २०१७.४६ अंकमा बन्द भएको थियो  ।

शुक्रबार साँझ राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेपछि आइतबारबाट सेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ । आइतबार ६१. ०५ अंकले वृद्धि हुँदा कारोबार रकम पनि २ अर्ब ७१ करोड नाघेको थियो । सोमबार लगातार दोस्रो दिन पनि नेप्से ५४.४५ अंकले वृद्धि भएको छ । कारोबार रकम पनि ४ अर्ब १० करोड नाघेको छ ।

मौद्रिक नीतिपछि सेयर बजारका लगानीकर्ताको संरक्षणको लागि भन्दै खुलेका विभिन्न संगठनका प्रमुखले मौद्रिक नीतिबाट सेयर लगानीकर्ता उत्साहित हुनुपर्ने अवस्था नभएको बताएका थिए ।

नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेलले मौद्रिक नीतिप्रति सामाजिक सञ्चालमा प्रतिक्रिया लेख्दै मौद्रिक नीति फूलबुट्टा भरेर आए पनि त्यसले कोमामा गएको सेयर बजारलाई सिटामोलको काम मात्रै गर्ने भन्दै मौद्रिक नीतिको आलोचना गरेकी थिइन् । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत लगानीयोग्य स्रोतमा संकुचन हुने, व्याजदर वृद्धिमा थप दबाब बढ्ने मौद्रिक औजार चलाउँदा र लगानीकर्ताको संगठन प्रमुखले नीति सकारात्मक नभएको बताइरहँदा पनि सेयर बजारमा भने सकारात्मक प्रभाव देखिएको छ ।

सेयर बजारका जानकारहरु मौद्रिक नीति सेयर बजारमा लागि थप कसिलो हुने पुर्वानुमान विपरीत यसअघिकै व्यवस्थामा राष्ट्र बैंकले थप लचकता देखाउँदा त्यसले सेयर बजार सकारात्मक बनेको बताउँछन् ।

ब्रोकर मार्फत मार्जिन कारोबार गर्न सहयोग गर्नुपर्ने कुरा मौद्रिक नीतिमा नै उल्लेख हुनु राष्ट्र बैंकले धितोपत्र बोर्डलाई जिम्मेवार नियामक बनाउन बाटो खोलेको एक पुराना लगानीकर्ता बताउँछन् । राष्ट्र बैंकले  धितोपत्र बोर्डलाई नै जवाफदेही बनाउन नीति हस्तान्तरण गर्दा त्यसले लगानीकर्तामा सकारात्मक मनोविज्ञानको विकास भएको उनको तर्क छ ।

सेयर बजारका जानकार समेत रहेका पूर्व बैंकर अनलराज भट्टराई पनि मौद्रिक नीतिले सेयर बजारमा ठूलै प्रभाव पार्ने निर्णय नगरेको उनी बताउँछन् । तर, सेयर बजारको समस्यालाई सम्बोधनको प्रयास गर्दा समेत त्यसले सकारात्मक मनोविज्ञान बनाउन काम गरेको उनको तर्क छ ।

‘ब्याजदर वृद्धि, सीआरआर, लगायतका मौद्रिक उपकरणमा कडाइ गर्ने पुर्वानुमान नै थियो, त्यसको लागि लगानीकर्ता तयार पनि थिए,’ उनले भने, ‘बजारको लागि खासै ठूलो नीति परिवर्तन भन्दा पनि नीति निर्माताको सकारात्मक दृष्टिकोण लगानीकर्ताले खोजेका थिए मौद्रिक नीतिले त्यसको संकेत गर्यो ।’ पूर्व बैंकर भट्टराई साना लगानीकर्ताको लगानी सुरक्षाको लागि राष्ट्र बैंकले चालको कदम सकारात्मक भएको बताउँछन् ।

उनले थपे, ‘मर्जरमा जाने बैंक तथा वित्तीय संस्थाको सेयर कारोबार धितोपत्र बोर्डको नीति नियम अनुसार हुने भनेको छ, सेयर ब्रोकरमार्फत नियमित र व्यवस्थित हुँदै गएपछि मार्जिन कर्जासम्बन्धी व्यवस्था हटाउने बताएको छ, यसले धितोपत्र बोर्डलाई थप जवाफदेही बनाएको छ, अब कसरी यसलाई कार्यान्वयन गर्छ त्यसमा भर पर्छ ।’

अर्का एक अनुभवी लगानीकर्ता भने अहिले नै सेयर बजारले सकारात्मक गति लियो भनेर हौसिन नहुने बताउँछन् । लगानीकर्तामा पोजेटिभ सेन्टिमेन्ट हुनु राम्रो भएपनि त्यसले मात्रै काम नगर्ने उनको तर्क छ । विगतमा पनि बैंकिङ प्रणालीमा तरलता पर्याप्त हुँदा र ब्याजदर घट्दा सेयर बजार बढेको उनी बताउँछन् । तरलता अभावसँगै ब्याजदर बढ्दा सधैं सेयर बजार ‘पेनिक’ बन्ने गरेको बताउँदै उनले भने, ‘यस्तो अवस्थामा ठूला लगानीकर्ताले समूह परिवर्तन गरेर प्ले गर्ने भएकाले त्यसबाट सचेत हुनुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४