Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मौद्रिक नीतिपछि सेयर बजारमा हरियाली, ३ प्रतिशतले बढ्यो नेप्से


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, साउन ८ २०७९
  • 2.4K
    SHARES

काठमाडौं । मौद्रिक नीतिपछिको पहिलो कारोबार दिन सेयर बजारमा हरियाली छाएको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से ३ प्रतिशत भन्दा माथिले वृद्धि भएको छ ।

आइतबार नेप्से ६१.०५ अंक (३.०३ प्रतिशत) ले वृद्धि भएर २०७८.५१ अंकमा बन्द भएको छ। नेप्सेसँगै सबै उपसूचककमा हरीयाली हुँदा कारोबार रकम पनि बढेको छ । आइतबार वित्त कम्पनी उपसूचक सर्वाधिक ७.२२ प्रतिशतले वृद्धि हुँदा विकास बैंक उपसूचक ५.१० प्रतिशले बढेको छ । यस्तै हाइड्रोपावर, लघुवित्त अन्य र व्यापार क्षेत्रका कम्पनीको सेयरमूल्य तुलनात्मक रुपमा उच्च वृद्धि भएको छ ।

नेप्सेसँगै कारोबार रकम पनि बढेर आइतबार बजारमा २ अर्ब ७३ करोड ९ लाखको कारोबार भएको छ । जसमध्ये शिवम् सिमेन्टको मात्रै ३९ करोड ७१ लाखको कारोबार हुँदा नेपाल पुनर्बिमा कम्पनीको ६ करोड ८३ लाखको कारोबार भएको छ ।

कारोबार अवधिभर १८० कम्पनीको सेयर कारोबार भएकोमा १७९ कम्पनीको सेयरमूल्य बढेको छ । एक कम्पनीको मात्रै सेयरमूल्यमा गिरावट भएको छ । युनिलिभर नेपालको सेयरमूल्य ०.३८ प्रतिशतले गिरावट हुँदा ३ वटा कम्पनीको सेयरमूल्य बढेर सकारात्मक सर्किट लेभलमा बन्द भएको छ । सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स र मल्टिपर्पोस फाइनान्सको सेयरमूल्य बढेर सर्किट लेभलमा बन्द भएको हो ।

राष्ट्र बैंकले २५ लाखसम्मको मार्जिन प्रकृतिको सेयर धितो कर्जौमा जोखिम भार घटाउनुको साथै कर्जाको प्रति बैंक ४ करोडको सीमा हटाउँदा लगानीकर्ताले त्यसलाई सकारात्क रुपमा लिएका छन् । जसले सेयर बजारमा सकारात्मक प्रभाव परेको हो ।

मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कजामा प्रतिव्यक्ति एक बैंकबाट अधिकतम ४ करोडको सिमा हटाएर प्रतिव्यक्ति १२ करोडको सीमा मात्रै कायम गर्ने बताएको छ । त्यस्तै २५ लाखसम्मको कर्जामा जोखिम भार १५० प्रतिशतबाट १०० प्रतिशत कायम गर्ने बताएको छ । उक्त नीतले राष्ट्र बैंक सेयर बजारप्रति सकारातमक छ भनने सन्देश भएकोले सेयर लगानीकर्ताको मनोविज्ञान पोजेटिभ भएको बजारका जानकारहरु बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४