Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फरदीन खानले ‘हिरामाण्डी’बाट पुनः डेब्यू गर्दै


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, साउन ८ २०७९
  • 3.2K
    SHARES

एजेन्सी । बलिउड अभिनेता फरदीन खान पुनः बलिउडमा फर्कन लागेका छन् । फरदीन निर्देशक सञ्जय लीला भन्सालीको वेब सिरिज ‘हिरामाण्डी’ बाट बलिउडमा फर्कन लागेका हुन् ।

यस सिरिजको नायिकामा अदिति राव हैदरी देखिने भएकी छन् । यो सिरिजमा उनीहरुको अलावा मनिषा कोइराला, सोनाक्षी सिन्हा र ऋचा चड्डाको पनि मुख्य भूमिका रहनेछ । फरदीनले यस सिरिजको केही भागको सुटिङ गरिसकेका छन् ।

फरदीनले भन्सालीसँग बिग लिगमा खेल्ने मौका पाइरहेका छन् । साथै उनी पहिलो पटक पिरियड ड्रामा प्रोजेक्टमा देखिनेछन् ।

कथाको कुरा गर्दा ‘हिरामाण्डी’ भारत–पाकिस्तान विभाजन अघिको कथामा आधारित छ ।

यसमा लाहोरको प्रसिद्ध रेड लाइट क्षेत्र, हिरामण्डी र त्यहाँ बस्ने यौनकर्मीलाई देखाइनेछ । सिरिजमा प्रेम, धोका, राजनीति लगायत धेरै कुरा देखाइने छ । यो सिरिज ८ भागको हुनेछ जसको पहिलो दुई भागको भन्साली आफैंले निर्देशन गर्नेछन् ।

बाँकी भागको उनका सहायक मिताक्षरा कुमार र विभुले सिरिजले निर्देशन गर्नेछन् । सिरिजका गीतहरू भने भन्साली आफैंले निर्देशन गर्ने भएका छन् । ‘हिरामाण्डी’ को छायांकन जुन अन्तिमबाट सुरू भएको थियो । भन्सालीले यस सिरिजको सुटिङ लाहोरमा गरिरहेका छन् ।

फरदीनको प्रोजेक्टको कुरा गर्दा ‘विस्फोट’ र ‘हिरामाण्डी’ बाहेक उनी निर्देशक अनीस बज्मीको फिल्म ‘नो एन्ट्री’को सिक्वेलमा पनि काम गरिरहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४