Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कम्तिमा एक हप्ता फोहोर ढुवानीका साधन सञ्चालन नगरिदिन काठमाडौं महानगरलाई आग्रह


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, साउन ४ २०७९
  • 2.9K
    SHARES

काठमाडौं । सहरी विकास तथा भवन निर्माण विभागको बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइट आयोजनाले कम्तिमा एक हप्ता फोहोर मैला ढुवानीका सवारी साधनहरु सन्चालन नगरिदिन काठमाडौं महानगरपालिकालाई आग्रह गरेको छ ।

फोहोर मैला ढुवानीका साधनहरुले तीनपिप्ले बञ्चरेडाँडा सडक मर्मत सम्भार गरी स्तरोन्नति गर्ने काम प्रभावित भएको भन्दै सहरी विकास तथा भवन निर्माण विभागले एक हप्तासम्म फोहोर मैला ढुवानीका साधन सन्चालन नगरिदिन आग्रह गरेको हो ।

फोहोर बोकेका गाडी आवतजावत गरिरहने हुँदा सडक निर्माण हुन नसकेकाले गाडी रोक्न आग्रह गरिएको बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइट आयोजनाका निर्देशक रवीन्द्र बोहराले जानकारी दिए ।

यसअघि विभागले असार १७ गते र १९ गते सहजीकरण गरिदिन महानगरपालिकालाई भनेको थियो । सो अनुसार दैनिक रुपमा बिहान ४ बजेदेखि १२ बजेसम्म मात्र फोहोर मैलाको सवारी साधन ढुवानी गर्ने समय समय निर्धारण गरिएको थियो । तर त्यस बमोजिम पनि कार्यान्वयन गर्न नसकिएकाले सडक निर्माण कार्य द्रूत गतिमा सन्चालन गर्न कम्तिमा एक हप्ता ढुवानीका साधन रोक्नु पर्ने आयोजनाको माग छ ।तीनपिप्ले बञ्चरेडाँडा सडक मर्मत सम्भार गरी स्तरोन्नती गर्ने काम हाल समानान्तर निर्माण सेवा प्रालिले गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४