Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विकास निर्माणको कामलाई गुणस्तरीय बनाउन प्रधानमन्त्रीको निर्देशन


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, साउन ३ २०७९
  • 1.9K
    SHARES

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विकास निर्माणको कामलाई गुणस्तरीय बनाउन सम्बन्धित सबै पक्षलाई निर्देशन दिनुभएको छ ।

६०औं इन्जिनियर दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले सरोकारवालाहरूबीच समन्वय कायम गरी विकास, निर्माणको कामलाई गुणस्तरीय बनाउन सम्बन्धित सबै पक्षलाई सचेत गराउनुभएको हो ।

प्रधानमन्त्री देउवाले जनताको आवश्यक्ता अनुसार मुलुकको समृद्धिका लागि पूर्वाधार निर्माणका लागि इन्जिनियरहरुको भूमिका महत्वपूर्ण हुने भएकाले उनीहरू थप क्रियाशील भएर आफ्नो काममा लाग्नुपर्ने आवश्यक्ता समेत औंल्याउनुभयो ।

देशलाई समुन्नत र समृद्ध बनाउन सडक, पुलपुलेसा, जलविद्युत आयोजना, सूचना प्रविधिलगायतको पूर्वाधारहरूको विकासको आवश्यक्ता हुने स्पष्ट पार्दै प्रधानमन्त्री देउवाले त्यस काममा इन्जिनियरहरूले आफ्नो पेशालाई थप व्यवसायिक र विशिष्ट बनाउँदै लैजाने विश्वास समेत व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री देउवाले विकास, निर्माणको काममा इन्जिनियरहरूलाई कुनै समस्या भए ती समस्यालाई तत्काल समाधान गर्न सरकार प्रतिवद्ध रहेको पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४