Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एआईजी विश्वराज पोखरेलले दिए राजीनामा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, साउन २ २०७९
  • 2.9K
    SHARES

 काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले राजीनामा दिएका छन् । उनले सोमबार नेपाल प्रहरीको मानव स्रोत विभागमा आफैं उपस्थित भएर राजीनामा दिएका प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ ।

धिराजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध पोखरेलले सर्वोच्च अदालतमा हालेका थिए । गत शुक्रबार सर्वोच्च अदालतले आफ्नो पक्षमा फैसला नदिएपछि पोखरेलले राजीनामा दिएका हुन् ।

उनले दिएको राजीनामा प्रहरी महानिरीक्षकमार्फत गृह मन्त्रालयमा र गृह मन्त्रालयबाट मन्त्रिपरिषदमा पेश हुनेछ । एआईजीको राजीनामा मन्त्रिपरिषदले स्वीकृत गर्नुपर्ने व्यवस्था छ ।

सरकारले सिंहलाई आईजीपी बनाएलगत्तै पोखरेल विदामा बसेका थिए । तत्कालीन महानिरीक्षक शैलेश थापा क्षेत्रीले उनको एक महिने विदा स्वीकृत गरेका थिए । पुनः विदा माग गरेपछि आईजीपी सिंहले स्वीकार गरेनन् ।

तर एआईजी पोखरेल कार्यालय नै गएनन् । निरन्तर ४५ दिनसम्म कार्यालयमा नगए कारबाही पनि हुने भएकाले पोखरेलले राजीनामा दिएका हुन् । उनको कार्यकाल यही साउन २० गतेसम्म मात्र छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४