Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आजदेखि कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने आइतबार र बुधबार कुहिने र सोमबार र शुक्रबार नकुहिने फोहोर संकलन हुने


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, साउन १ २०७९
  • 2.4K
    SHARES

काठमाडौं । काठमाडौंका बासिन्दाले आज साउन १ गतेदेखि घरमै कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने भएको छ । स्रोतमै कुहिने र नकुहिने फोहोर नछुट्याएमा फोहोर संकलन नगर्ने र प्रत्येक पटक ५ सय रुपैयाँ जरिवानासमेत गर्ने महानगरपालिकाले जनाएको छ ।

काठमाडौं महानगरपालिकाका वातावरण विभाग प्रमुख सरिता राईले आजदेखि घर, कार्यालय, पसल, रेष्टुरेन्ट र कलकारखानाबाट निस्किने फोहोरलाई कुहिने र नकुहिने गरी छुट्याएर अलग-अलग भाँडोमा राख्नुपर्ने बताइन् । त्यसरी छुट्याइएको फोहोरलाई मात्र फोहोर संकलन गर्न आउने गाडीमा पठाउनुपर्ने उनले बताइन् ।

उनका अनुसार हप्तामा दुई दिन कुहिने र दुई दिन नकुहिने फोहोर संकलन र व्यवस्थापनको काम गरिने छ । आइतबार र बुधबार कुहिने तथा सोमबार र शुक्रबार नकुहिनेको फोहोर संकलन र व्यवस्थापन गर्ने वातावरण विभाग प्रमुख राईले बताइन् ।

काठमाडौं महानगरपालिकाले सिसडोल र बञ्चेरडाँडा ल्यान्डफिल साइटका प्रभावित स्थानीय र त्यहाँका स्थानीय तहसँग आगामी १ साउनदेखि फोहोर स्रोतमै वर्गीकरण गर्ने प्रतिवद्धता जनाएको थियो ।

असार मसान्तसम्म मात्रै अहिलेकै अवस्थाको फोहोर फाल्न दिन नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेसी नगरपालिका सहमत भएका थिए तर, साउनबाट फोहोर नछुट्याइ अहिलेकै शैलीमा ल्यान्डफिल साइटमा लगिएमा फोहोर फाल्न रोक्ने उनीहरुले चेतावनी दिएका छन् । त्यसैले काठमाडौं महानगरपालिकाले पनि स्रोतमै फोहोरको वर्गीकरण गरी संकलन र बिसर्जनको काम सुरु गर्दैछ ।

तर महानगरपालिकाले साउन १ भन्दा अघि थुपि्रएको फोहोर नै व्यवस्थापन गरेर सकेको छैन, जुन फोहोर कुहिने र नकुहिने भनी वर्गीकरण गरिएको छैन । मेयर बालेन्द्र साहको सचिवालयका अनुसार साउन १ गतेबाट छुट्टाएर फोहोर लैजाने भए पनि अहिले नछुट्याई राखिएको फोहोर लैजान समस्या छ ।

महानगरका अनुसार केही स्थानमा अझै फोहोरहरु उठ्न सकेको छैन, ती कतिपय फोहोर व्यवस्थापन गर्ने जिम्मा पाएका निजी कम्पनीको आन्तरिक समस्याको कारण रोकिएको छ भने केही बञ्चरेडाँडा जाने बाटो अवरुद्ध हुँदा रोकिएका छन् ।

काठमाडौं महानगरपालिकाका मेयर साहले चुनावी अभियानकै क्रममा कुहिने र नकुहिने फोहोर लिने गाडी छुट्टाछुट्टै दिनमा पठाउने बताउँदै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४