Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पत्रकार जमालको हत्या प्रकरणमा आफू दोषी नभएको राष्ट्रपति बाइडेनको दावी


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार ३२ २०७९
  • 3K
    SHARES

काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेन साउदी अरेबियाको भ्रमणमा रहनुभएकाे छ ।

उहाँले साेही भ्रमणमा युवराज मोहम्मद बिन सलमानसँगको भेटमा पत्रकार जमाल खशोग्गीको हत्याको विषय समेत उठाएको बताउनुभएको हाे। उहाँले सोही हत्या प्रकरणमा आफू व्यक्तिगत रुपमा दाेषी नभएको पनि बताउनुभएको बीबीसीले जनाएको छ । राष्ट्रपति बाइडेन यसअघि बिग्रिएको सम्बन्ध सुधारका लागि साउदी भ्रमणमा रहनुभएको छ ।

सन् २०१८ मा हत्या गरिएका पत्रकार खशोग्गीको विषयमा आफू संवेदनशील भएको उहाँले बताउनुभएको थियो । भेटका क्रममा अमेरिकाले साउदीसँग अन्य विषयमा पनि सहकार्य गर्न चाहेको बताउनुभएको थियो ।

उहाँले दुई देशबीचकाे सम्बन्ध सुधार गर्नका लागि आफू सकारात्मक रहेको समेत बताउनुभएको अन्तर्राष्ट्रिय समाचार माध्यामले जनाएका छन् । टर्कीको स्तानबुलमा रहेको साउदी वाणिज्य दूतावासमा सन् २०१८ को अक्टोबरमा अमेरिकामा रहेका साउदी पत्रकार खशोग्गीको हत्या भएको थियो ।

सोही हत्यापछि विग्रिएको सम्बन्ध सुधारका लागि उहाँले साउदीको भ्रमण गरेसँगै सर्वत्र आलोचना समेत भएको छ । गुप्तचर निकायहरूले साउदी राजकुमारले खशोग्गीको हत्याको अनुमोदन गरेको भन्दै आचलोचना भएको छ । भेटमा राष्ट्रपति जाे बाइडेनले तेलको अन्तर्राष्ट्रिय बजार स्थिर बनाउने विषयमा पनि छलफल भएको बताउनुभएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४