Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“प्रकाश कटुवाल र उमा श्रेष्ठको तिज गित”ज्योति मगर र बुद्धि तामाङको”रोमान्स (भिडियोसहित) बजारमा !


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असार ३१ २०७९
  • 9.6K
    SHARES

©नेत्र बहादुर कार्की “जन प्रहार”

काठमाडौं । चर्चित लोक दोहोरी गायक तथा राष्ट्रिय संगीतकर्मी संघका बरिस्ठ उपाध्यक्ष समाजसेवी प्रकाश कटुवाल र चर्चित लोक दोहोरी गायिका राष्ट्रिय संगीतकर्मी संघका उपाध्यक्ष उमा श्रेष्ठको चर्चित लोक दोहोरी गित घण्टा भिडियो सहित बजारमा उपलब्ध छ ।

पछिल्लो समय नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फी रुपमा रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् । 

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । तिज आऊन करिव डेढ महिना बाकी नै छ, तर बजारमा तिजको रौनक सुरु भईसकेको छ, बजारमा तिज लक्षित गितहरु आऊन थालिसकेका छन् ।

यसैविच लोकप्रिय चर्चित लोक दोहोरी गायक  प्रकाश कटुवालको यस बर्षको पहिलो तिज कोसेली ‘घण्टा’ भखर्रै सार्वजनिक भएको छ । 

सुप्रसिद्ध गायक प्रकाश कटुवाल र गायिका उमा श्रेष्ठको आवाजमा सजिएको उक्त गितमा विनोद ढकालको उत्कृष्ट शब्द सृर्जना एवम् गायक कटुवालकै लय रचना रहेको छ । निकै मौलिक शब्दहरुमा प्रेमिकल जोडीहरुको मायाप्रेमको विषयबस्तु दर्शाईएको उक्त गीतको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ । 

शंकर विसीको उत्कृष्ट निर्देशन एवम् कोरियोग्राफीमा तयार भएको उक्त गितको म्युजिक भिडियोमा ज्योती मगर र बुद्ध तामाङको अभिनय संगै डान्सिंग फिचर रहेको छ ।

अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई दुर्गा पौडेलले छांयाकन एवम् नविन घर्ति मगरले सम्पादन गरेका छन् । गित “Prakash Katuwal” अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएको छ ।  

गितले सबैको मन जितोस् “जन आवाज मिडिया हब प्रा.लि.तथा जन प्रहार डटकम” परिवारको  तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक  भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४