Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रतिनिधिसभाको उपसभामुखमा दुई जनाको उम्मेदवारी


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार ३० २०७९
  • 2.4K
    SHARES

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा दुई जनाको उम्मेदवारी दर्ता भएको छ ।

उम्मेदवारी दर्ताको लागि दिइएको समयसीमाभित्र सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी पुष्पा भुसाल गौतम र नेकपा (एमाले)बाट विद्या भट्टराईले उम्मेदवारी दर्ता गराएका हुन् ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा भुसालले दर्ता गराएको मनोनयको प्रस्तावकमा नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरूङ र नेकपा (एकीकृत समाजवादी)की लक्ष्मीकुमारी चौधरीले समर्थन गरेका छन् ।

भट्टराईको प्रस्तावकमा एमाले सचेतक शान्ता चौधरी र समर्थकमा कृष्णभक्त पोखरेल रहेका छन् । उपसभामुखको निर्वाचन भने शुक्रबार हुँदैछ ।

२७५ सदस्यीय प्रतिनिधिसभामा ४ सांसद रिक्त छन् भने चार जना निलम्बनमा परेका छन् । बाँकी रहेका २६६ जनाले मतदान गर्न पाउँछन् ।

उपसभामुख जित्नका लागि १३४ मत आवश्यक पर्छ । गठबन्धनसँग हाल कांग्रेसका ६१, माओवादीका ४९, नेकपा एसका २४ सांसद छन् ।

जसपाका केही सांसद बाबुरामतिर छन् भने केही तटस्थ रहेका छन् । गठबन्धनमा आवद्ध राष्ट्रिय जनमोर्चाका एक सांसद छन् भने नेपाल मजदुर किसान पार्टी र राप्रपाका एक–एकजना सांसद छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४