Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार ३० २०७९
  • 1.7K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बिहीबार पनि बस्दै छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार दिउँसो १ बजे बस्ने बैठकमा पार्टी पदाधिकारी तथा सरकारमा सहभागि मन्त्रीहरूले बोल्ने कार्यक्रम छ ।

बैठकमा केन्द्रीय सदस्यहरूले उठाएको प्रश्नको पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूले जवाफ दिने बताईएको छ ।

देउवा नेतृत्वको सरकार एक वर्ष पुगेको अवसरमा नेताहरूले सरकारबारे प्रश्न गरेका थिए । ती प्रश्नको मन्त्रीहरूले बिहीबार जवाफ दिनेछन् ।

यसैबीच, कांग्रेस केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले पार्टीका महामन्त्रीद्वयको चर्को आलोचना गरेका छन् ।

महामन्त्री भएर गुटको बैठकमा सहभागी भएको, लोकप्रिय हुन पार्टीको आलोचना गरेको भन्दै नेताहरुले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको आलोचना गरेका हुन् ।

गुटगत रवैया कायम राखे महामन्त्रीद्वयलाई पार्टी कार्यक्रममै बहिष्कार गर्ने चेतावनी समेत नेताहरुले दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४