Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भट्टराई पक्षको छुट्टै बैठक जडिबुटीमा सुरु


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार २८ २०७९
  • 1.9K
    SHARES

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)नेपालका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको बैठक काठमाडौंको जडिबुटीमा सुरु भएको छ ।

बैठकमा भट्टराईले पार्टी रुपान्तरण÷पुनर्गठनको औचित्य र कार्यभारनामक राजनीति प्रतिवेदन पेस गर्नुभएको छ ।

प्रतिवदेनमा भट्टराईले आफूहरुको राजनीतिक यात्रामा अनौठो मोड आएको उल्लेख गर्दै भेलाबाट पार्टी पुनर्गठनको कार्यभारलाई अघि बढाउनु पर्ने हुन सक्ने बताउनुभएको छ ।

प्रतिवेदनमा पार्टीभित्र देखिएका ६ वटा समस्या औंल्याइएको छ । भट्टराईले जसपामा मुख्य वैचारिक समस्या रहेको उल्लेख गर्नुभएको छ । पार्टी एकता गर्दा विचार, सिद्धान्त र एजेण्डामा आधारभूत समानता कायम गरिएको भए पनि कार्यान्वयनका क्रममा बुझाइमा एकरुपता नभएको उहाँले आफ्नो प्रतिवेदनमा उल्लेख गर्नुभएको छ ।

भट्टराईले जसपाको अर्को समस्याको रुपमा संगठनात्मक समस्या रहेको बताउनुभएको छ । समायोजनकै बेलादेखि ‘पार्टी कब्जा गर्ने’ सोच हाबी भएको उहाँको आरोप छ । पार्टीको नेतृत्व एकल हुने कि सामूहिक भन्ने विषयमा मतभेद देखिएको भन्दै प्रतिवेदनमा महत्वपूर्ण विषय र एजेण्डामा समिति प्रणालीबाट निर्णय हुनुपर्ने भए पनि अध्यक्षमा त्यस्तो रुची नदेखिएको उल्लेख छ ।

भट्टराईले अध्यक्ष उपेन्द्र यादवको कार्यशैलीमाथि पनि प्रश्न उठाउनु भएको छ । यादवले पार्टीको कार्यकारिणी समितिको अत्यधिक बहुमतबाट भएको निर्णय र रुलिङलाई माइन्युट गर्न पनि अनिच्छा देखाएको र आपसमा समन्वय नगरेको उहाँको निष्कर्ष छ । पार्टी एकताको करिब ३ बर्षमा पार्टीको आर्थिक जीवन, आयस्रोत, व्ययको शीर्षकबारे कहिल्यै कुनै बैठकको एजेण्डा नै नबनेको प्रतिवेदनमा लेखिएको छ । पार्टीले नेतृत्व लिएको मधेश प्रदेश र स्थानीय तहहरुमा कार्यसम्पादन र सुशासनमा ध्यान नदिएको भट्टराईको आरोप छ ।

कतिपय कुटनीतिक सवाल र बिशेषतः एमसीसी प्रकरणले पार्टीको मूलपंक्तिमै देशको भूराजनीति र परराष्ट्र नीति संचालनबारे फरक सोच देखिएको प्रतिवेदनको निष्कर्ष छ । पार्टी एकीकरणका तीन वर्षसम्म नेतृत्वले कांग्रेस र कम्युनिस्टको विकल्प बन्नेभन्दा क्षेत्रीय दलमै सीमित हुने चाहना राखेको भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४