काठमाडाैँ । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउन खाेज्नु गलत भएकाे बताएका छन् ।
उनले आफ्नाे आधिकारि ट्वीटरमार्फत् भनेका छन्, ‘ओलीकाे पालामा जो गलत, देउवाको पालामा पनि गलत; यसमा हामी प्रष्टै छाैँ ।’
उनले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई मेन्सन् गर्दै भनेका छन्— प्रधानमन्त्रीज्यूकाे गम्भीर ध्यानाकर्षण हाेस् ।
