Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बाजुराको बूढीगंगा नगरपालिकामा एमाले विजयी


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार २६ २०७९
  • 1.9K
    SHARES

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकाको मेयर र उपमेयरमा नेकपा (एमाले) का उम्मेदवारहरु विजयी भएका छन् ।

मेयरमा रामबहादुर बानियाँ र उपमेयरमा मायाकुमारी खड्का विजयी हुनुभएको हो । निर्वाचन कार्यालयले भने चुनावी परिणामको अन्तिम नतिजा घोषणा गर्न बाँकी छ ।

मेयरमा विजयी भएका बानियाँले ४ हजार ७७७ मत पाउनु भएको छ भने उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रंगबहादुर खातीले ३ हजार ७७४ मत पाउनुभयो ।

यस्तै, उपमेयरमा निर्वाचित एमालेकी मायाकुमारी खड्काले ४ हजार ७२७ मत पाउँदा कांग्रेसकी रिता शाहीले ३ हजार ७५५ मत पाउनुभयो ।

नगरपालिकाका १० वटा वडामध्ये सात वटामा एमाले उम्मेदवार विजयी भएका छन् । एमालेले वडा नम्बर १, २, ३, ५, ६, ९ र १० का वडाध्यक्ष जितेको हो । यस्तै वडा नम्बर ४, ७ र ८ को वडाध्यक्षमा कांग्रेस उम्मेदवार विजयी भएका छन् ।

१३ हजार ६५९ मतदाता रहेको बुढीगंगामा ९ हजार १२८ मत खसेको थियो । गत बैशाख ३० गते भएको निर्वाचनमा झडप भएपछि बूढीगंगामा गत बिहिबार पुनः निर्वाचन गरिएको हो ।

कांग्रेसबाट उम्मेदवार बनेका खाती महान्यायाधीवक्ता खम्बबहादुर खातीका सहोदर भाइ हुन । बैशाखमा महान्यायाधीवक्ता खातीकै हस्तक्षेपका कारण निर्वाचन विथोलिएको आरोप लगाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४