Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विम्बल्डन टेनिसको उपाधि काजखस्तानकी एलिना रिबाकिनालाई


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार २६ २०७९
  • 3.2K
    SHARES

काठमाडौं । यस वर्षको विम्बल्डन टेनिसको उपाधि काजखस्तानकी एलिना रिबाकिनाले जितेकी छिन् ।

लण्डनको सेन्टर कोर्टमा शनिबार राति भएको फाइनल खेलमा ट्युनिसियाकी ओन्स ओन्स जाबेरलाई २–१ को सेटमा हराउँदै रिबाकिनाले उपाधि जितेकी हुन् ।

जाबेर विरुद्धको खेल रिबाकिनाले ३–६, ६–२ र ६–२ को सेटमा जितिन् । जितसँगै रिबाकिना ग्राण्डस्लाम टेनिसको एकलतर्फको उपाधि जित्ने काजखस्तानकी पहिलो खेलाडी बनेकी छिन् ।

यसैगरी, पुरुषतर्फको उपाधिका लागि आइतबार राति सर्वियाका नोभाक जोकोभिच र अष्ट्रेलियाका निक किर्गियोस भिड्नेछन् ।

सेमिफाइनलमा ब्रिटेनका क्यारुन नुरीलाई हराउँदै जोकोभिच फाइनलमा पुगेका हुन् । किर्गियोस भने प्रतिस्पर्धी राफायल नाडालले पेटको समस्याको कारण खेल छाडेपछि सेमिफाइनल नखेली फाइनलमा पुगेका हुन् ।

यो खेल जितेको खण्डमा जोकोभिचले सर्वाधिक २२ ग्राण्डस्लाम जित्ने नाडालसँगको उपाधि दुरी घटाउनेछन् । जोकोभिचले अहिलेसम्म २० पटक ग्राण्डस्लाम टेनिस जितेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४