Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘नाइरोबी फ्लाइ’को संक्रमण घातक नभएको चिकित्सकको भनाइ


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार २५ २०७९
  • 3.9K
    SHARES

काठमाडौं । झापामा विगतको तुलनामा ‘नाइरोबी फ्लाइ’ नामक किराको संक्रमण बढे पनि डरलाग्दो अवस्था नभएको चिकित्सकले बताएका छन् ।

हेर्दा डढुवा वा जनैखटिरोजस्तो देखिए पनि नाइरोबी फ्लाइकै लक्षण भएको जनाउँदै मेची अञ्चल अस्पतालका वरिष्ठ छाला रोग विशेषज्ञ डाक्टर केशव ढकालले यस्तो संक्रमण हरेक वर्षातको मौसममा देखिने छालाको एलर्जी मात्र भएको बताउनुभयो ।

ढकालले यो समस्या भाइरल इन्फेक्सनजस्तो नभएको हुँदा हालसम्म झापामा कुनै जटिल समस्यासमेत नआएको जानकारी दिनुभयो । नाइरोबी फ्लाइ किराले नटोके पनि मानिसको शरीरमा लत्पतिएपछि निस्कने पिपका कारण पनि संक्रमण देखिने बताउनुभयो ।

शरीरमा नाइरोवी फ्लाइले छुनेबित्तिकै सफा पानीले धोएमा कुनै एलर्जी नहुने डाक्टर ढकालको भनाइ छ । किराले संक्रमण गराएर बढी चिलाए वा पोलेमा नजिकको स्वास्थ्यचौकी वा छाला रोग विशेषज्ञलाई तत्काल देखाउन चिकित्सकहरूको सुझाव छ ।

डाक्टर ढकालले विगतमा भन्दा मानिसमा स्वास्थ्यको चेतनास्तर वृद्धि भएको र सामाजिक सञ्जाल प्रयोगकर्ता बढेका कारण सानो समस्या देखिनेबित्तिकै बढी आत्तिने गरेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४