Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

श्रीलंकाको राष्ट्रपति निवासमा प्रदर्शनकारीको आक्रमणमा


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार २५ २०७९
  • 1.9K
    SHARES

काठमाडौं । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेको निवासमा प्रदर्शनकारीले आक्रमण गरेका छन् ।

राजधानी कोलम्बोमा रहेको राष्ट्रपति गोटाबाया राजापाक्षेको निवासमा हजारौं प्रदर्शनकारीले आक्रमण गरेपछि उनी निवासबाट भागेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

देशको आर्थिक संकटको विषयलाई लिएर महिनौंदेखि भएको विरोध प्रदर्शनपछि आन्दोलनकारीले राजापाक्षेका राजीनामा माग्दै आएका छन् । शनिबार हुने प्रदर्शनलाई मध्यनजर गर्दै गएराती देखि नै श्रीलंकामा कर्फ्यु आदेश जारी गरिएको थियो ।

त्यसका बाबजुत पनि आन्दोलनकारीले राष्ट्रपति राजापाक्षको निवास घेरेका हुन् । आक्रोशित भीडलाई राष्ट्रपति निवासमा प्रवेश गर्नबाट रोक्न प्रहरीले हवाइ फायर गरेको थियो । तर, भीडलाई नियन्त्रणमा लिन नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

राष्ट्रपति राजापाक्षेलाई भने पहिले नै सुरक्षित स्थानमा सारिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । यसैबीच, प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले संकटबारे छलफल गर्न श्रीलंकाका राजनीतिक दलका नेताको आपतकालीन बैठक बोलाउनुभएको छ ।

साथै उहाँले सभामुखलाई संसद बोलाउन पनि आग्रह गर्नुभएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४