Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

शुक्रबार पनि घट्यो शेयर बजार, शिवम् सिमेन्टमा लगानीकर्ताको आकर्षण


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असार २४ २०७९
  • 2.4K
    SHARES

काठमाडौं । पछिल्लो दुई दिनदेखि लगातार घटिरहेको शेयर बजार कारोबार हुने साताको अन्तिम दिन पनि दोहोरो अंकले घटेको छ ।

मंगलबार बढेर बुधबार र बिहीबार घटेको बजार शुक्रबार ३४.७० अंकले घटेर १९९२.६२ विन्दुमा पुगेको हो । यस्तै ठूला कम्पनीहरूको कारोबार गर्ने सेन्सेटिभ परिसूचक ५.६० विन्दुले घटेर ३७९.८९ विन्दुमा झरेको छ ।

बजार घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । यसदिन २ सय १७ कम्पनीको ३० लाख ६३ हजार ४ सय ७६ कित्ता शेयर किनबेच गर्दा १ अर्ब १६ करोड ८४ लाख बराबरको कारोबार भएको छ ।

यसदिन १३ उपसूचक सबै राताम्मे भएका छन् । जीवन बीमा र उत्पादन तथा प्रशोधन समूह तीन अंकले ओरालो लाग्दा म्युचल फन्ड र लगानी समूह सामान्य ऋणात्मक रहे । अन्य समूह दोहोरो अंकले ओरालो झरे ।

शुक्रबार शिवम् सिमेन्टमा सबैभन्दा धेरै लगानीकर्ताले लगानी गरे । उक्त कम्पनीको सबैभन्दा बढी ५ करोड ५९ लाख रुपैयाँको कारोबार भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४