Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फिल्म ‘राधा’ को तीज लक्षित गीत ‘राधा पियारी’ को सुटिङ सुरू


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार २३ २०७९
  • 11.9K
    SHARES

काठमाडौं । नेपाली फिल्म ‘राधा’ को तीज लक्षित गीत ‘राधा पियारी’ को सुटिङ गरिएको छ ।

बुधबार पशुपति परिसरमा गीत राधा पियारीको सुटिङ गरिएको हो । गीतमा तीजको झलक देख्न सकिन्छ ।

लामो समयपछि फिल्मी क्षेत्रमा कमब्याक गरेकी प्रियंका कार्की र श्रृष्टि श्रेष्ठको गीतमा मुख्य अभिनय छ । फिल्ममा तीजको सिन रहेकोले त्यसलाई समेट्न गीत सुटिङ गरेको नायिका श्रेष्ठले बताइन् ।

उनले तीजको गीतमा नाच्न पाउँदा छुट्टै रमाइलो हुने र एउटा चाडको रुपमा सदा रही रहने भएकोले गीत सुटिङ गर्न रमाइलो भएको बताइन् ।

त्यस्तै फिल्मका निर्माता एवं नायक सौगात मल्लले निर्माता हुँदा फिल्मको सुटिङका लागि दौडिनुपरेको बताए । उनले काम फरक भएकोले यो आफ्नो लागि सिक्ने अवसर भएको भन्दै नेपाली वास्तविक कथावस्तुमा पनि फिल्म बन्नुपर्छ भनेर लगानी गरेको बताए ।

त्यस्तै गीतमा अभिनय गरेकी नायिका प्रियंका कार्कीले तीजको लागि गीत सुटिङसँगै आफू काममा फर्किन पाएकोमा खुशी व्यक्त गरिन् । उनले तीज नभएपनि आफूलाई नाच्न पाउनेबित्तिकै रमाइलो अनुभुति हुने बताइन् । उनले केही समयपछि काममा फर्किंदा पनि सहज लागेको बताइन् ।

फिल्म ‘राधा’ आगामी भदौ १० गतेबाट रिलिज हुँदैछ । सुवर्ण थापाले निर्देशन गरेको चलचित्र महिला केन्द्रित चलचित्र हो । चलचित्रमा श्रृष्टिसँगै खगेन्द्र लामिछाने, मेनुका प्रधान, दिव्यदेव पन्त, बुद्धि तामाङ, निश्चल बस्नेत, दयाहाङ राई लगायतका कलाकारको अभिनय छ । फिल्म सौगात मल्लले निर्माण गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४