Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दयाहाङ र विपिनका दुई चलचित्र एकै दिन आउँदै, आफ्नैसँग प्रतिस्पर्धा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार २३ २०७९
  • 2.4K
    SHARES

काठमाडौं । अभिनेताद्वय दयाहाङ राई र विपिन कार्कीको दुई चलचित्र एकै दिन प्रदर्शनमा आउने भएका छन् ।

दशैं, तिहार, नयाँवर्ष जस्ता विशेष समय पारेर चलचित्र निर्मातारू आफ्नो चलचित्रलाई प्रदर्शन गर्ने गर्दछन् । यस्तै तिहारको समय पारेर ४ चलचित्रहरू एकैदिन प्रदर्शनमा आउने भएका छन् । जसमध्ये अभिनेताद्वय दयाहाङ राई र विपिन कार्कीको दुई चलचित्र परेका छन् । दया र विपिनले आफ्नै चलचित्रसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ ।

तिहारलाइ लक्षित गर्दै कात्तिक ४ गते शुक्रबारका दिनलाई ३ वटा चलचित्रले ‘नालापानी’, ‘दुई नम्बरी’ र ‘प्रसाद २’ ले प्रदर्शन मिति तोकिसकेको थियो । अब सेही दिनलाई पारेर निर्देशक दीपेन्द्र के. खनालले आफ्नोे चलचित्र ‘के घर के डेरा’ पनि प्रदर्शनमा ल्याउने भएका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै निर्देशक खनालले आफ्नो चलचित्र ‘के घर के डेरा’ को प्रदर्शन मिति सार्वजनिक गरेका हुन् ।

चलचित्र ‘के घर के डेरा’ले गत साता मात्रै आफ्नो छायांकन सकेको हो । यो चलचित्रलाई कात्तिक ४ गते प्रदर्शन गर्दा अभिनेताद्वय दया र विपिन संकटमा देखिन्छन् । चलचित्र ‘के घर के डेरा’ मा दुबै अभिनेताको मुख्य भूमिका रहेको छ भने सोही दिन प्रदर्शन हुने चलचित्र ‘दुई नम्बरी’ मा दयाहाङ र ‘प्रसाद २’ मा विपिनको मुख्य भूमिका रहेको छ । चलचित्र ‘दुई नम्बरी’ र ‘प्रसाद २’ ले यदि आफ्नो प्रदर्शन मिति फेरबदल गरे भने अभिनेताद्वयलाई सहज हुने देखिन्छ । तर, प्रदर्शन मितिमा केही फेरबदल नआए दुबैको आफ्नै चलचित्रसँग प्रतिस्पर्धा हुने छ ।

चलचित्र ‘के घर के डेरा’मा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, रविन्द्र झा र लक्ष्मी गिरीको मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४