Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बजेट निर्माण प्रक्रियामा हाम्रो चासो र सरोकार छैन : चौधरी ग्रुप


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असार २२ २०७९
  • 2K
    SHARES

काठमाडौं । चौधरी ग्रुपले बजेठ निर्माण प्रक्रियामा आफ्नो चासो र सरोकार नभएको प्रष्टिकरण दिएको छ ।

बुधबार चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै बजेट निर्माणमा आफूहरूको चासो र सरोकार नरहेको स्पष्ट पार्नुभएको हो ।

बजेटका सन्दर्भमा चौधरी ग्रुपलाई जोडेर सामाजिक सञ्जालमा आएका कुराहरूप्रति हाम्रो ध्यानाकर्षण भएको जनाउँदै उहाँले विना आधार केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा टिप्पणी गर्नेहरूप्रति खेद व्यक्त गर्नुभएको छ ।

‘बजेट निर्माण प्रकृयामा हाम्रो कुनै चासो र सरोकार नरहेको बारेमा स्पष्ट पार्न चाहान्छौं,’ उहाँले भन्नुभयो, ‘यस मामिलामा हाम्रो संलग्नताको बारेमा विना आधार केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा टिप्पणी गर्ने महासयहरूप्रति हामी खेद व्यक्त गर्दछौं ।’

प्रबन्ध निर्देशक चौधरीले बजेट निर्माणमा आफूहरूको संलग्नता पुष्टि गर्न चुनौती दिनुभएको छ । साथै यस सम्बन्धमा छानविन गरि सत्यतथ्य बाहिर ल्याउनसमेत उहाले आग्रह गर्नुभयो ।

यस मामिलामा आफूहरूको संलग्नता पुष्टि भए कारबाही भोग्न तयार रहने अवगत गराउँदै उहाँले संलग्नता पुष्टि नभएमा मिथ्या आरोप लगाउनेहरू कारबाही भोग्नका लागि तयार रहन पनि चुनौती दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४