Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

युक्रेनको लिसिचान्स्क शहर पनि पूर्ण रुपमा रुसको कब्जामा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार २० २०७९
  • 2.5K
    SHARES

काठमाडौं । रुसले युक्रेनको पूर्वी शहर लिसिचान्स्कलाई पूर्ण रुपमा कब्जा लिएको छ ।

युक्रेनी सेनाले पनि लिसिचान्स्क रुसी कब्जामा गएको स्वीकार गरेको हाे । युक्रेनी सैनिक जर्नेलले भीषण संघर्षका बाबजुद युक्रेनी सेनापछि हट्न बाध्य भएको जनाएका छन् । त्यसअघि रुसी रक्षामन्त्री सर्गेई शोइगुले लिसिचान्स्क नियन्त्रणमा आएको र लुहान्स्क क्षेत्र पूर्ण रूपमा नियन्त्रणमा आएको बताएका थिए ।

युक्रेनको पूर्वी क्षेत्रमा लुहान्स्क र दोनेत्स्क मिलेर डोन्बास औद्योगिक क्षेत्र बनेको हो । जुन युक्रेनको निकै महत्वपूर्ण औद्योगिक क्षेत्र मानिन्छ । सोही शहर कब्जामा लिने क्रममा रुसी सेनाले गरेको गोलाबारीमा कम्तीमा ६ जनाको मृत्यु भएको बताइएको छ ।

रुसले आक्रमण सुरु गर्नुअघि नै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले लुहान्स्क र दोनेत्स्कलाई स्वतन्त्र देशको मान्यता दिनुभएको थियो । एक साताअघि मात्र रुसी सेनाले भारी बमबारीका कारण भग्नावशेषमा परिणत भएको शहर सेभेरोडोनेत्स्कलाई कब्जामा लिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४