Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सहमतिमै छुट्टिँदै बाबुराम-उपेन्द्र, काेसँग रहला आधिकारिकता ?


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असार १७ २०७९
  • 2.6K
    SHARES

काठमाडाैँ । अन्तत: जनता समाजवादी पार्टी (जसपा) पनि सग्लाे नरहने निश्चित भएकाे छ । सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई केन्द्रीय अध्यक्ष उपेन्द्र यादवबाट छुट्टिने निष्कर्षमा पुगेका छन् । यसअघि बुधबार राति भट्टराई र यादवबीच भेटघाट तथा छलफल भएकाे थियाे । भेटमा भट्टराईले आफू छुट्टिने प्रस्ताव गरेका थिए । त्यसमा यादवकाे पनि असहमति नरहेकाे उनीनिकटका एक नेताले बताए । ‘उहाँ (भट्टराई) छुट्टिँदा नै राम्राे हुने पक्षमा देखिनुभयाे र प्रस्तावसमेत गर्नुभयाे । त्यसमा अध्यक्षज्यूकाे पनि असहमति रहेन,’ ती नेताले भनेका छन् ।

भट्टराईले ‘वैकल्पिक शक्ति बनाएर जनतासम्म जाने उद्देश्य भएपनि त्यसले सङ्गठनात्मक स्वरूप ग्रहण गर्न नसकेकाे र एकठाउँ रहनुकाे अर्थ नभएकाे’ भन्दै सहमतिमै छुट्टिने प्रस्ताव गरेका थिए । त्यसमा यादवले आफूले नराेक्ने बताएका थिए । यादवलाई उद्धृत गर्दै ती नेताले भनेका छन्, ‘जानुस् भन्दिनँ, जान्छु भन्नुहुन्छ भने राेक्दिनँ पनि ।’

आधिकारिता काेसँग रहला ?

नेताहरूले ‘पार्टी विभाजन हुँदा’ आफ्नाे पक्ष राेज्न पाउने नेतृत्वकाे बचन छ । नेता रामसहाय प्रसाद यादव भन्छन्, ‘नेताहरूलाई हाम्राे अनुराेधचाहिँ नछुट्टिने भन्ने नै हाे । अन्तिममा छुट्टिने नै निष्कर्ष निस्क्याे भन्ने भएकाे छ । त्यसमा कता जाने भनि राेज्न पाउने कुरा छ । हामी त्यही गर्छाैँ ।’ उनकाअनुसार केन्द्रीय कार्यकारिणी सदस्य तथा सांसदहरूले आफ्नाे पक्ष राेज्न पाउनेछन् ।

जन्जालमा जसपा : नेतृत्वकाे ‘तिक्तता’का कारण धरापमा पार्टी

अहिले जसपाबाट संसद्‌मा प्रतिनिधित्व गर्ने सांसदकाे सङ्ख्या १९ छ भने केन्द्रीय कार्यकारिणी समिमा ३३ नेताहरू छन् । विभाजन हुँदा उनीहरूले आफ्नाे पक्ष राेज्न पाउनेछन् ।

विभाजनमा निर्णायक देखिएका वरिष्ठ नेता अशाेक राई पछिल्लाे समय यादवकै कित्तामा उभिएका छन् । उनी यसअघि साेमबार बसेकाे यादवपक्षीय कार्यकारिणी समितिकाे बैठकमा गएका थिएनन् । त्यसपछि आफूलाई साथ दिने भट्टराई पक्षकाे आशा थियाे । तर उनी यादवकै पक्षमा खुलेका छन् । यसपछि भट्टराई अल्पमतमा परेका छन् । यादवपक्षीय एक नेताकाे आराेप छ— ‘बाबुरामजीले बहुमत पुर्‍याउन सक्नुभएकाे छैन । यसपछि नै उहाँले पार्टी छाेड्न लाग्नुभएकाे हाे ।’

भट्टराई पक्षका नेताहरूले चाँडै केन्द्रीय सदस्यहरूकाे भेला बाेलाउने बताउँछन् । शीर्ष नेताहरू छलफलमै रहेकाे उल्लेख गर्दै भट्टराई पक्षका एक नेताले भनेका छन्, ‘चाँडै केन्द्रीय सदस्यहरूकाे भेला बाेलाइन्छ सायद । त्यसपछि कसरी अगाडि बढ्ने भन्नेबारे निष्कर्ष निस्केला । अहिलेलाई नेताहरू छलफलमै हुनुहुन्छ ।

निर्वाचन आयाेगकाे नजिर हेर्ने हाे भने बहुमतले पार्टीकाे आधिकारिकता पाउँछ । अहिले तत्कालका लागि जसपामा यादवकै बहुमत छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४