Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री नै एसपीपीमा सहभागी हुन चाहेको देखियो : डा. भीम रावल


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार १६ २०७९
  • 3.6K
    SHARES

काठमाडौं । नेकपा (एमाले)का नेता डा. भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी स्टेट पार्टनरशीप पोग्राम (एसपीपी)मा सहभागी हुन चाहेको आरोप लगाउनुभएको छ ।

काठमाडौंमा भएको एक साक्षात्कार कार्यक्रममा डा. रावलले प्रधानमन्त्री देउवाले एसपीपी कार्यक्रम अगाडि बढाउन चाहेको भए पनि जनताको विरोधपछि पछि हटेको बताउनुभयो ।

अमेरिकालाई पत्र पठाइने भनेर मन्त्रिपरिषद्ले निर्णय गरेको भनिए पनि अहिलेसम्म पत्र नपठाउनुको कारणबारे प्रधानमन्त्री देउवाले जानकारी दिनुपर्ने माग गर्नुभयो ।

प्रधानमन्त्री देउवाले बाहिर–बाहिर एसपीपीमा सहभागी नहुने भने पनि भित्रभित्रै यसलाई लागू गराउन लागि परेको आफ्नो विश्वस्त स्रोतले बताएको उहाँको भनाइ छ ।

प्रधानमन्त्री देउवाको अमेरिकी भ्रमण तत्काल रोक्नुपर्ने भन्दै उहाँले निर्वाचनको संघारमा कुनै पनि देशका राष्ट्रप्रमुखले प्रभावशाली देशको भ्रमण गर्नुले आशंका उत्पन्न गराएको बताउनुभयो ।

संसदीय समितिमा जवाफ दिन आउनुपर्नेमा सरकारका मन्त्रीहरू नआएकोप्रति पनि उहाँले आपत्ति जनाउनुभयो । गठबन्धन सरकार र त्यसमा संलग्न राजनीतिक दलहरूले यसलाई अघि बढाउन खोजेको तथ्य आफूले फेला पारेको उहाँको भनाइ छ ।

‘जनताप्रति जवाफदेही बन्नुपर्दैन, नेपालको भौगोलिक अखण्डता र सार्वभौमसत्ताप्रति तपाईंहरू किन यति धेरै अपारदर्शी ?’ प्रधानमन्त्री देउवालाई प्रश्न राख्दै भीम रावलले भन्नुभयो, ‘अमेरिकालाई लेखेको पत्र तुरुन्त सार्वजनिक गरियोस् ।’

अहिले उठेका प्रश्नहरूको उत्तर नदिइ सरकार पछि हट्नुले पनि यसलाई पुष्टि गर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४