Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आठ वर्षपछि नेपाल फर्किएकी अरुणिमाको सुन्दरता उस्तै, प्रियंका समेत लोभिइन् (तस्वीरसहित)


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असार १५ २०७९
  • 3.1K
    SHARES

काठमाडौं । अभिनेता किरण केसीको जन्मदिन समारोह विशेष रह्यो । ललितपुरको इमाडोलस्थित ब्याङ्क्वेटमा उनले बुधबार जन्मदिन पार्टी आयोजना गरे, जहाँ फिल्म, संगीत र उनका हितैषी सहभागी रहे ।

जन्मदिन जमघटको विशेष आकर्षण चाहिं अभिनेत्री अरुणिमा लम्साल रहिन् । आठ वर्षपछि अमेरिकाबाट फर्किएकी ‘धड्कन’ अभिनेत्रीले मिडियासँग पनि भलाकुसारी गरिन्, अनि आफ्नो आगामी योजना र फिल्ममा हुनसक्ने सम्भावित ‘कमब्याक’बारे बताइन् ।

अर्की अभिनेत्री प्रियंका कार्की पनि केसीको जन्मदिन पार्टीमा उपस्थित थिइन् । मेन्टेन फिगरमा आफ्नो ढल्किंदो उमेरलाई लुकाएकी अरुणिमा अहिले पनि उत्तिकै क्युट देखिएकी थिइन् । ‘हनुमानले उचालेको सञ्जीवनी बुटीको एक टुक्रा खाएर बडी मेन्टेन गरेकी हुँ,’ ठट्टा गदै उनले भनिन् ।

नेपालमा आफू दुई महिना रहने र आफन्त तथा साथीभाइसँग भेटघाट बाहेक विशेष योजना केही नबनाएको उनले बताइन् । ‘मेरो आत्मा र मनमस्तिष्कमा अहिले पनि एक्सन–कट् छ,’ उनले अमेरिकामा रहँदा फिल्म क्षेत्रलाई मिस गरेको सन्दर्भमा बताइन् ।

उनले गसिपबारे पनि चर्चा गरिन् । ‘जहाँ नाम छ, त्यहाँ बदनाम हुन्छ नै । त्यही भएर मानसिक रुपमा पनि तयार भएर आउनुपर्छ,’ उनले भनिन् । सोही समारोहमा उपस्थित भएकी अर्की अभिनेत्री कार्कीले पनि अहिले सुटिङ भइरहेको सिरिज ‘साहु बा’पछि आफूले होम प्रोडक्सनमा फिल्म निर्माण गर्न लागेको जानकारी दिइन् ।

अभिनेत्री प्रियंका कार्की, अरुणिमा लम्साल र अरुणिमाकी छोरी अक्षता

    

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४