काठमाडाैँ । नेकपा एकता राष्ट्रिय अभियानका संयाेजक वामदेव गाैतमले नयाँ दल दर्ता गराउने भएका छन् ।
उनले यसाे आधिकारिक जानकारी पत्रकार सम्मेलनमार्फत् दिँदैछन् । मंगलबार दिउँसो ३ बजे उनले नयाँ दलको घोषणा गर्ने कार्यक्रम रहेकाे जानकारी प्राप्त भएको छ ।
२०७७ फागुन २३ गते सर्वाेच्च अदालतले नेकपा विभाजन गरिदिएपछि पुन:एकताकाे पक्षमा रहेका उनले एकताकाे अवस्था नबनेपछि अर्काे दल दर्ता गराउन लागेका हुन् । उनले २०७८ भदाै १८ गते नेकपा एमालेकाे वरिष्ठ उपाध्यक्षबाट राजीनामा दिएका थिए ।
त्यसपछि नेकपा एकताकाे पक्षमा वकालत गर्दै आएका उनले अहिले नयाँ दल दर्ता गराउन लागेका हुन् ।
