Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सम्पतीको लागि बिहेको नाटक बिहे पछि”हनि ट्रयाप” गइन जेल जालोमा युवक फसाउने “भावना”


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार १४ २०७९
  • 12.9K
    SHARES

©देब बोहोरा

“हनि ट्रयाप”को अभियोगमा प्रहरी हिरासतमा रहेकी भावना तामाङलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

भक्तपुर / भक्तपुर जिल्ला अदालतले तत्काल प्राप्त प्रमाणबाट निर्दोष नदेखिएको भन्दै तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । सोमबार थुनछेक प्रयोजनका लागि भएको सुनुवाइपछि भक्तपुर जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले तामाङलाई पुर्पक्षका लागि थुनामै पठाउने आदेश दिएका हुन् । 

ठगी, आपराधिक लाभ तथा आपराधिक विश्वासघातमा फुर्वा मोक्तानले दिएको जाहेरीका आधारमा भक्तपुर प्रहरी परिसरले प्रतिवेदन तयार पारी सरकारले भावनाविरुद्ध भक्तपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । सम्पत्ति हत्याउन पटकपटक बिवाह गर्ने र विवाह गरेपछि सम्पत्ति लिएर सम्बन्धविच्छेद गर्ने गरेको प्रमाण भेटिएपछि रौतहट स्थायी घर भएका फुर्वा मोक्तानले भावना तामाङविरुद्ध १ करोड ४५ लाख रुपैयाँ बराबरको सम्पत्ति हडपेको भन्दै असार १० गते शुक्रबार भक्तपुर जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए । 

आफू मलेसियामा रहँदै गर्दा फेसबुकमा फ्रेण्ड रिक्वेष्ट पठाएर आफूलाई अविवाहित हो भनी विश्वास दिलाएको, बिवाहको प्रलोभन देखाएर बिवाहको नाटकसमेत गरी आफूसँग करिब १ करोड ४५ लाख रुपैयाँ नगद लिएको र पछि सम्पर्कविच्छेद भएको भन्दै उनीविरुद्ध उजुरी गरेका थिए । 

भावनाले आफूसँग विवाह गर्नु अगाडि नै अन्य चार युवासँग विवाह गरेको प्रमाणसमेत फुर्वाले अदालतमा पेश गरेका थिए । अदालतले अभियोगपत्र मिसिल संलग्न तथ्य र प्रमाणका आधारमा तत्कालप्राप्त प्रमाणबाट भावना निर्दोष नदेखिएको भन्दै उनलाई पुर्पक्षका लागि थुनामै पठाउन आदेश दिएको हो ।

अदालतको आदेशमा भनिएको छ, ‘प्रस्तुत मुद्दामा मिसिल संलग्न जाहेरी दरखास्त, जाहेरवाला फुर्वा मोक्तानले गरेको कागज, घटना विवरण कागज गर्ने मानिसहरुले गरेको कागज, बैंकमा रकम जम्मा गरेको भौचर, मोबाइल च्याट, विभिन्न फोटोहरु, निज प्रतिवादीले अनुसन्धानका क्रममा र यस अदालतमा गरेको बयान बेहोरा समेतका तत्काल प्राप्त प्रमाणको मूल्यांकन गर्दा यी प्रतिवादी अहिले नै निर्दोष रहेको भन्ने सकिने अवस्था देखिन आएन ।

तसर्थ, पछि प्रमाण परीक्षण गर्दै जादा ठहरे बमोजिम हुने नै हुँदा हाल यी प्रतिवादी भावना तामाङलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ बमोजिम मुद्दा पूर्पक्षको लागि कानुन बमोजिम सिदा खान पाउने गरी कारागार कार्यालय जगन्नाथदेवल, काठमाडौंमा थुनामा राख्न पठाइदिनु ।’

 यसरी हनि ट्रयापका मुद्दामा भक्तपुर जिल्ला अदालतले प्रतिवादी भावना तामाङलाई थुनाभित्रै रहेर मुद्दाको पुर्पक्ष गर्ने गरी कारागार पठाइदिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४