Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

शरणार्थीहरुलाई परिचयपत्र दिने सरकारको तयारी


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार १३ २०७९
  • 2.7K
    SHARES

काठमाडौं । सरकारले नेपालमा रहेका र विगतमा विभिन्न कारणले परिचयपत्र पाउनबाट छुटेका शरणार्थीहरुलाई परिचयपत्र दिने तयारी गरेको छ ।

सोमबार राष्ट्रियसभाको बैठकमा बोल्दै गृहमन्त्री बालकृष्ण खाँणले यस्तो जानकारी दिएका हुन् ।

‘छुटेकाहरुलाई उनीहरुको परिचयपत्र बनाउने सन्दर्भमा गृहकार्य भइराखेको छ । उनीहरुले पनि नेपालमा सहज जीवन जिउन सक्नुहोस् भन्ने नै हाम्रो सद्भाव रहेको छ’ गृहमन्त्री खाँणले भने ।

तर, कहिलेदेखि परिचयपत्र दिने ? त्यस्ता परिचय पत्र पाउनबाट छुटेका शरणार्थीहरु कति छन ? भन्ने विषयमा गृहमन्त्री खाँणले कुनै जानकारी दिएका छैनन् ।

नेपालमा रहेका सबैको मानव अधिकारका विषयमा सरकार सजग रहेको उनले बताए ।

मन्त्री खाँणले यसैमा थपे, ‘मान्छेहरु दुनियाँका जुनसुकै कुनामा जन्मिएको भए पनि उनीहरु मानव हुन्, नागरिकहरु नै हुन् । उनीहरुको पनि मानव अधिकार रहेको छ । नेपालमा पनि विभिन्न काल खण्डमा बिभिन्न भू-भागबाट आएर बसेका शरणार्थीहरु हुनुहुन्छ । ती हशरणार्थीहरु पनि मानव नै हुन् । त्यसकारण उनीहरुको जीवनयापन सहज होस्, उनीहरुले मानव अधिकार प्राप्त गरुन भन्ने नै सरकारको चाहना छ ।

नेपालमा बसोबास गर्दै आएका शरणार्थीहरुका सन्तानहरु नेपालमै जन्मिएका र हुर्किएको उल्लेख गर्दै मन्त्री खाँणले उनीहरुप्रति नेपाल सरकार र नेपाली समाजको दायित्व रहेको बताए । उनले भने, ‘कतिपय शरणार्थीहरु जसको नेपालमै बालबच्चाहरु जन्मिएका छन्, हुर्कँदै छन्, बढ्दै छ्न । उनीहरुको पनि दायित्व हाम्रो समाजको र सरकारको हो ।

कोरोना भाइरसको महामारीबाट बच्न कोरोना खोप लगाउँदा नेपालमा रहेका सबै मावनले पाउने गरी व्यवस्था मिलाएको उनले स्मरण गरे ।

‘सुरुमा नेपाली नागरिकले मात्रै खोप लगाउन पाउने थियो । त्यसलाइ बदलेर नेपालमा बसोबास गरिरहेका सबैलाई खोप दिने व्यवस्था मिलायौं । शरणार्थीहरुलाई पनि पहिचान खुलेका, परिचय पत्र प्राप्त नगरेकाहरु सबैलाई खोप दिएका छौं, दिने भनेका छौं’ मन्त्री खाँणले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४