Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अब २५ सय शब्दसम्मको ट्वीट गर्न सकिने


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार १३ २०७९
  • 4.5K
    SHARES

माइक्रोब्लगिङ साइट ट्वीटरले २५ सय शब्दसम्मको ट्वीट गर्न सकिने फिचरको परीक्षण सुरु गरेको छ ।

हालसम्म केवल अधिकतम २८० अक्षर वा चिह्नहरूसम्मको ट्वीट गर्न सकिने सुविधा रहेकोमा ट्वीटरले प्रयोगकर्ताको आवश्यकतालाई दृष्टिगत गरी २५ सय शब्दसम्मको ‘नोट’ ट्वीटरमा सेयर गर्न सकिने फिचर सुरुवात गरेको हो ।

ट्वीटरमा लामो सूचनाको तस्वीर पोस्ट गर्ने र विस्तृत सूचना पढ्नका लागि ट्वीटरबाट बाहिर निस्किनुपर्ने बाध्यतामा रहेका प्रयोगकर्तालाई मध्यनजर गरी नोट फिचर सुरु गरिएको ट्वीटरले जनाएको छ ।

२५ सय शब्दसम्मको नोट ट्वीट गर्न सकिने फिचरलाई ट्वीटरले आगामी २ महिनासम्म क्यानडा,, घाना, बेलायत तथा अमेरिकाका केही प्रयोगकर्तामाझ परीक्षण गर्नेछ ।

यो नयाँ फिचरले ट्वीटर प्रयोगकर्ताहरुलाई ट्वीटरभित्रै रहेर लामो सामग्रीसमेत पढ्न पाउने सुविधा प्रदान गर्नेछ । यसमा प्रयोगकर्ताले ट्वीटमा सुरुमा हेडलाइन देख्नेछन् र दिइएको लिंकमा क्लिक गरेसँगै ट्वीटरभित्रै विस्तृतमा उक्त ट्वीट (नोट) पढ्न सक्दछन् ।

आफ्नो नयाँ नोट फिचरको घोषणा गर्दै ट्वीटरले सोही फिचरको प्रयोग गरेर लेखेको छ : कम्पनीका सुरुवाती दिनहरु देखि नै लेखकहरु आफ्ना कार्यहरु शेयर गर्न, अरुको ध्यान आकृष्ट गर्न, पढिन तथा संवादको सिर्जना गर्न ट्वीटरमा निर्भर हुँदै आएका छन् । तर यी सबै हुँदा पनि ट्वीटरमै वास्तविक लेखाई भने भएन । ट्वीटरको नोट फिचरले त्यहीँ रिक्तता पूरा गर्ने लक्ष्य लिएको छ ।

गतवर्ष मात्रै नेदरल्याण्डको न्युजलेटर स्टार्टअप कम्पनी रेभ्यू खरिद गरेको ट्वीटरले आफ्नो नोट फिचरमा रेभ्यूलाई नै उपयोग गर्ने जनाएको छ ।

यसबाट प्रयोगकर्ताले ट्वीटरभित्र तथा बाहिर पढ्न सकिने लामो निबन्धहरुमा जीआईएफ, फोटो तथा अन्य फिचरहरु समेत हाल्न सक्नेछन् ।

प्रयोगकर्ताले प्रकाशित गरिसकेको नोटलाई पुनः सम्पादन समेत गर्न सक्ने सुविधा ट्वीटरले दिएको छ ।

स्मरण रहोस् सुरुमा १ सय ४० अक्षरमात्रैको ट्वीट गर्न सकिनेमा सन् २०१७ मा ट्वीटरले उक्त सीमालाई बढाएर २८० अक्षर पुर्‍याएको थियो ।

बीबीसी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४